मोडल अन्जली मोटाएपछि फ्यानलाई चिन्ता


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ पुष

मोडल अन्जली अधिकारी पछिल्लो समय निकै व्यस्त छिन् । एक पछि अर्को गर्दै नियमित रुपमा म्युजिक भिडियो र स्टेज कार्यक्रमले उनलाई व्यस्त बनाएको हो । व्यस्ततासँगै उनको मोटाउने क्रम पनि बढेको छ । यो ब्यस्तताले उनलाई शारीरिक रुपमा भद्दा बनाउँदै गएको गुनासो उनका प्रसँसकहरुले गरेका छन् । व्यस्तताका कारण व्यायाममा समय दिन नसक्दा उनी दिन प्रतिदिन मोटाउँदै गएकी हुन् ।

अहिले मोटाएर चलचित्र सेन्टी भाईरसको गीतमा यस्तो देखिएकी छिन् अन्जली

उनले नृत्य गरेको चलचित्र सेन्टी भाईरसको नयाँ गीत फनफनी….को भिडियो तीन दिन अघि रिलिज भएको छ । यो गीतमा उनी अभिनेता दयाहाङ राईको जोडी बनेकी छिन् । जसमा उनलाई निकै मोटो देखिएको छ । गीतको भिडियोमा दर्शकहरुको कमेन्टमा पनि अन्जली मोटाएको प्रति चिन्ता बढी छ ।

मोडल अन्जलीले एक वर्ष अघि चलचित्र प्रसादको बनकी चरी…गीतमा नृत्य गरेकी थिईन् । त्यो नृत्य गर्दा उनी शरीरिक रुपमा निकै फरितो देखिएकी थिईन् । यहाँ प्रस्तुत गरिएको प्रसादको सो गीतको यो तस्बिरले पनि उनी त्यतिबेला निकै छरितो भएको देखाएको छ ।

एक वर्ष चलचित्र प्रसादको गीत बनकी चरीमा यस्तो पातली थिईन अन्जली

तर यसपटक उनी निकै मनाएको उनको पेटले देखाएको छ । शरीरका अन्य अँगको यो मोटोपनले पनि अन्जली अल्छी भएको जनाउँछ । चलचित्र सेन्टी भाईरसको निर्माण पक्षले पनि अन्जलीलाई गीतमा लिँदा मोटो जस्तो नदेखिएको तर सुटिङको बेलामा उनको मोटोपन देखेर आफुहरु छक्क परेको बताएका छन् ।

अरु कलाकारको तुलनामा नृत्य कलाकार तथा मोडल शारीरिक रुपमा छरितो हुनुपर्छ । मोडलले समयमै मोटाउने क्रम रोक्न सकेन भने उसको करिअरलाई नै असर पर्छ । त्यसैले मोडल अन्जलीले पनि अब कामसँगै आफ्नो मोटोपनालाई नियन्त्रण गरेर शरीर छरितो बनाउने विश्वास उनका शुभचिन्तकहरुको छ ।