सँगीत सर्जकहरुलाई उपराष्टपतिबाट नातिकाजी सम्मान एवम् पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ पुष

सँगीत महर्षी नातिकाजी श्रेष्ठको सँगीत महर्षी एवम् दीवँगत श्रष्टा नातिकाजीको योगदानको स्मरण र श्रष्टा सम्मान गर्दै उनको ९५ औं जन्म जयन्ती बिहिबार काठमाडौंमा मनाईएको छ । सो जन्म जयन्तीको अबसरमा बिहिबार उपराष्ट्रपति कार्यालयमा नातिकाजी स्मृति समाजले नेपाली सँगीत क्षेत्रमा उल्लेख्य योगदान दिएका विभिन्न श्रष्टाहरुलाई सम्मानित एवम् पुरस्कृत गरेको छ ।

उपराष्टपति तथा कार्यक्रमका प्रमुख अतिथि नन्दबहादुर पुनले आफ्नो कार्यालयको प्रँगनमा आयोजिता सम्मान कार्यक्रममा समाजका तर्फबाट विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डा.समरबहादुर मल्ललाई सम्मानित गरिएको छ । मल्ललाई २० हजार १ रुपैयाँ नगदसहित सम्मानित गरिएको हो । नाजिकाजका समकालिन श्रष्टा मल्लले नेपाली सुगम सँगीतमा योगदान पुर्याएका छन् ।

यस्तै नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट ८ जना सँगीतकर्मीलाई सम्मानित भएका छन् । जस अन्तर्गत गायनबाट कर्म योञ्जन, जगतमर्दन थापा, भारती उपाध्याय, तिर्थकुमारी थापा, शम्भु राई, सँगीत सृजनाबाट सिके रसाइली, मिलन मोक्तान, बादनबादनबाट मोहनकृष्ण ढलीलाई विशेष संगीत सम्मान गरिएको हो ।

यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार ४ जनालाई पुरस्कृत गरियो । जनही ११ हजार १ एक सय ११ रुपैयाँ राशी सहितको नातिकाजी राष्टिय सँगीत पुरस्कार सँगीतकार सुरेश अधिकारी, गायक यम बराल, प्रमोद ढुंगाना र गायिका रेखा शाहलाई प्रदान गरियो ।

यस्तै नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार सँगीतकार मनराजा नकर्मी, गीतकार भुपेन्द्र खड्का, गायक प्रल्हाद तिमिल्सिना र गायिका टिका प्रसाईलाई प्रदान गरियो ।

कार्यक्रमका प्रमुख उपराष्ट्रपति नन्दबहादुर पुनले प्रमुख अतिथिका तर्फबाट बोल्दै कलाकारहरुको सम्मानमा राज्यस्तरबाट कमी भएको समेत दाबी गरे । उपराष्ट्रपति पुनले नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि विशेष पहन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । संगीतका अनेक परिभाषा भएपनि यो मानवजाती र प्राणिजातीका लागि समेत अभिन्न अंग बनेको उनले बताए । हरेक मान्छेको दुःख सुख, पीडा र हर्षमा समेत संगीत गुञ्जिरहने भन्दै उपराष्ट्रपति पुनले संगीतबीनाको जीवन कल्पना गर्न नसकिने बताए ।

यस्तै नाजिकाजी स्मृति समाजका अध्यक्ष एवम् बरिष्ट सँगीतकार शम्भुजीत बासकोटाल नातिकाजीको योगदानलाई पुस्तौसम्म अमर राख्न र श्रष्टाहरुको योगदानलाई सम्मान गर्न समाजले केही वर्षयताबाट स्मृति दिवसमा सम्मान कार्यक्रम आयोजना गर्दै आएको बताए । सँगीत क्षेत्रलाई सरकारले वेवास्ता गरेको बताउँदै दिवँगत तथा अग्रज श्रष्टाहरुको सृजना जोगाउन सँगीत सँग्रहालय हुनु पर्ने र सँगीत विकाश बोर्ड गठन गर्नु पर्ने माग राख्दै यसका लागि सरकारसँग आग्रह गरिदिन उनले उपराष्ट्रपतिसँग अनुरोध गरे ।

पुरस्कृत श्रष्टाका तर्फबाट बोल्दै सँगीतकार सुरेश अधिकारीले नेपाली मौलिक सँगीत सृजना र सँरक्षणको लागि अब पश्चिमा बाजा ठोकठाक गर्नु भन्दा नेपाली मौजिक बाजा बजाएर गीत तयार गर्नु पर्ने बताए ।

कार्यक्रममा सँगीत महर्षी नाजिकाजीको स्मृतिमा गायक यम बरालले नेपाली हामी…गायिका रेशा शाहले काली पारे दाई…, गायिका टिका प्रसाईले फुलको थुँगा…र गायिका उन्नती पाण्डेले रानी तलाउ किनार…जस्ता गीतहरु गाएर कार्यक्रमको रौनक बढाए ।