‘शुभ मंगल’ मा कुशल र सुरवीना छानिए


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० मँसिर

नेपाल र अष्ट्रेलियामा छायाँकन गरेर प्रेमकथामा नेपाली चलचित्र ‘शुभ मंगल’ नामक फिल्म निर्माण गरिने भएको छ । अष्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरवीना कार्की,बिकास चापागाईं,केपी शर्मा,आर्यन शर्मा,सदिक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्नेछन् ।

संगम क्षत्री र नारायण दत्त अधिकारी निर्माता रहेको फिल्मको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन् ।

निर्देशक अधिकारीकै लेखन रहेकोको सुटिङ केही समयपछि थालिने छ । फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताएका छन् ।

देउराली फिल्मस्को ब्यानरमा यसमा अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम, सम्बन्धलगायतका बिबिध बिषय समेटिने छ । यो फिल्मको केही समयपछि औपचारिक रुपमा घोषणा गरिने बताइएको छ ।