अध्यक्ष केशब भट्टराईको बोर्डमा श्रद्धाञ्जली कार्यक्रम


व्युटी न्युज नेपाल
काठमाडौं, ३० मँसिर

चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् दिवँगत अभिनेता केशव भट्टराईको पार्थिव शरीर अहिले १२ः३० बाट चलचित्र विकाश बोर्डंको प्राँगनमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । यतीबेला बोर्डंमा बरिष्ट चलचित्रकर्मीदेखि नयाँपुस्ताका सिनेकर्मीसम्म भट्टराईप्रति श्रद्धासुमन अर्पण गर्न पुगेको छन् ।

अध्यक्ष भट्टराईको २ देखि ४ बजेसम्म पुन आर्यघाटमा श्रद्धाञ्जली कार्यक्रम राखिने भएको छ । त्यसपछि उनको अन्त्यस्टी गरिने चलचित्र विकाश बोर्डले जानकारी गराएको छ ।

अध्यक्ष भट्टराईको हृदयघाटका कारण निधन भएको चिकित्सकहरुले ठहर गरेपछि उनको पोष्टमार्टम गरिएन ।