लिटल आइडल नेपाल सिजन ३ मा प्रियँका, स्याफ्रन, रक्षक बिजयी


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ मँसिर

ट्रेबल फेशन कन्सर्नको आयोजनामा बालबालिकाको सौदर्य प्रतियोगिता ‘लिटल आइडल नेपाल २०१९’ सम्पन्न भएको छ । सो प्रतियोगितामा सिनियर बालिका तर्फ लिटर आईडल नेपालको उपाधि प्रियंका बस्नेतले जितिन । यस्तै फस्ट रनर अप सोमी कार्की र सेकण्ड रनर अप पुर्णिमा तामाङ घोषित भए । कार्यक्रममा बेस्ट ड्रेसको उपाधि दिपिका थापाले प्राप्त गरिन् ।
यस्तै जुनियर बालिका तर्फ स्याफ्रन श्रेष्ठ बिजेता भईन् । जुनियर तर्फ नै फस्ट रनर अप मेरिना लिम्बु, सेकण्ड रनर अप देबेञ्जना बरियात घोषित भए ।

यस्तै बालक तर्फको उपाधि रक्षक दाहालले जिते । बालकबीचको प्रतिस्पर्धामा फस्ट रनर अप अनुपम चौलागाईं, सेकण्ड रनर अप र बेस्ट ड्रेस मर्बिन तामाङ, फोटोजेनिक छिरिंग तामाङ, ट्यालेन्ट फुर्बा लामा दोङ, बेस्ट हेयर बिनोद गोले घोषित भए ।

सोही कार्यक्रममा बालिका तर्फ बेस्ट पर्फमेन्स देबेन्जना बरियात, मोस्ट क्युट र भिवर्स च्वाइस अन्जिला लामा, चाइल्ड आइकन ब्रिट्नी खड्गी, बेस्ट स्माइल समिहा वाग्ले, चार्मिंग अन्ज्योल सेन रौनियार, फेसबुक विजेता स्याफ्रन श्रेष्ठ,ब्युटिफुल स्किन पुर्णिमा तामाङ घोषित भए । यस्तै बेस्ट क्याटवाक एन्जल राई, ब्युटीफुल फेश युहाना राई, फोटोजेनिक मेरिना लिम्बु, बेस्ट हेयर चेतना थापा, टेलेन्ट सोमी कार्की, डिसप्लिन सुभेच्क्षा श्रेष्ठ, मोस्ट स्टाइलिस्ट प्रियंका बस्नेत, फ्रेन्डशिप सबिना मोक्तान, कन्फिडेन्ट एन्जल श्रेष्ठ, मोस्ट एक्टिभ दिपिका थापा घोषित भए ।

१७ जना बालिका र ६ जना बालकको सहभागिता रहेको उक्त प्रतियोगितामा बालिका तर्फ उमेर अनुसार सिनीयर एव जुनियर गरी दुइ ओटा समुहमा बिभाजन गरिएको थियो । बालकहरुलाई बेग्लै समुहमा प्रस्तुत गरिएको थियो ।

शैलेन्द्र के श्रेष्ठको व्यवस्थापन रहेको लिटल आइडल नेपाल सिजन ३ का सहभागी सम्पूर्ण बालबालिकाको लागि मिस्टिक बुटिकले आकर्षक पहिरनहरु तयार पारेका हुन ।

मनिष शाक्य, डा रेखा थापा, बिमला तामाङ, राज महर्जन आदि निर्णायक रहेको यो प्रतियोगितालाई काजोल राई एवम् इभा श्रेष्ठले कोरियोग्राफी गरेका थिए । फाईनल कार्यक्रममा कमल खत्री एव नारायण बाबु कोइरालाको सांगीतिक प्रस्तुतीले दर्शकहरूलाई थप मनोरंजन प्रदान गरेको थियो ।