५० भन्दा बढी हलबाट मखमली मखमली


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ कात्तिक

गीतकार सावित्रा चिलुवालद्धारा निर्मित चलचित्र ‘मखमली मखमली’ नारी कथामा आधारित रहेको छ । चलचित्रको कथाकार पनि सावित्रा नै हुन् । यो चलचित्र मुलुकका ५० भन्दा बढी सिनेमा हलबाट शुक्रबार रिलिज भएको छ यसकी निर्माता सावित्राले जानकारी गराएकी छिन् ।

यो चलचित्रमा जयकिशन बस्नेत, शुभेच्छा थापा, सविन बास्तोला, शारदा गिरी ‘कालीबूढी’, सुदर्शन आचार्य, बाल कलाकार सम्राट पोखरेललगायतको अभिनय छ ।

यो चलचित्रको निर्देशन राजु गिरीले गरेका छन् । मखमलीलाई दर्शकले रुचाएपछि त्यसको दोश्रो सृँखलाको रुपमा मखमली मखमली निर्माण गरेको गिरीले बताए ।

गत साता चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर रिलिज भएपछि चलचित्रको चर्चा चलेको हो । ‘मखमली मखमली नेपाली नारीका भोगाइमा आधारित चलचित्र हो ।’ यो चलचित्रकी गीतकार निर्माता सावित्रा चिलुवालले भनिन्,‘म जस्तो एक परिश्रमि महिलाले चलचित्र निर्माण गर्दा धेरै तिरबाट सहयोग मैले नपाएको महसुस गरेँ । यद्यपि मैले केही फरक कथाका साथ यो चलचित्र निर्माण गरेकाले मखमली मखमलीले दर्शकको मन जित्नेमा म विश्वस्त छु ।’

यो चलचित्रमा वसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालले संगीत गरेका छन् । जसमा रामजी लामिछाने र अनील राईको नृत्य निर्देशन छ ।