ऋचाको ब्याचलर पार्टी, मँसिरमा बिहे


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ कात्तिक

नायिका ऋचा शर्माले मँसिरमा विवाह गर्ने भएकी छिन् । विवाह गर्ने खुसीयालीमा अभिनेत्री ऋचा शर्माले आफ्ना साथीहरूलाई ब्याचलर पार्टी दिएकी छन् । विवाह अघि विवाहको पूर्वतयारी स्वरूप दिईने पार्टीलाई ब्याचरल पार्टी भनिन्छ ।
पोखरामा दिइएको ब्याचरल पार्टीको तस्बिर ऋचाले आइतबार सार्वजनिक गरेकी छन् । उनको पोखराको पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत सहभागी छन् ।

उनले शनिबार राति पोखरामा आफ्ना साथीहरूलाई बोलाएर ‘ब्याचलर पार्टी’ दिएकी हुन् । ऋचालाई पार्टीको क्रममा प्रियँका र केकीले क्रिस्चियन समुदायको बेहुली बनाएर शुभकामना दिएका छन् । सो ब्याचरल पार्टीमा अभिनेत्री ऋचाले स्याम्पिएन खोलेर साथीहरूसँग खुसियाली मनाएकी छन् ।

अभिनेत्री ऋचाले आफू मंसिरमा वैवाहिक सम्बन्धमा बाँधिने बताउँदै आएकी छन् । तर, कोसँग आफ्नो विवाह हुने भन्नेबारे चाँडै नै खुलासा गर्ने बताए पनि आफ्नो प्रेमीको नाम सार्वजनिक गरेकी छैनन् । उनको विवाह मंसिरको तेस्रो साता हुने ऋचाका साथीहरूले बताएका छन् । तर, यस विषयमा उनले खुलाएकी छैनन् ।

अभिनेत्री ऋचा शर्माको पछिल्लो समय व्यवसायी दिपेक्ष्य राणासँग प्रेम सम्बन्ध रहँदै आएको छ । ललितपुरको जाउलाखेलमा रहेको लबिम मलका म्यानेजर दिपेक्ष्यसँग ऋचा केही समयदेखि प्रेम सम्बन्धमा छिन् । उनीहरुको डटिङका तस्बिर बाहिरिए पनि यी अभिनेत्रीले राणालाई आफ्नो प्रेमी भनेर चिनाएकी छैनन् ।