मुरारीको भिडियोमा कार्टुन्ज क्रु र भिमफेदी गाईज


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असोज

कार्टुन्ज क्रु र भिमफेदी गाईजले गायक मुरारी गुरागाईंले ‘अकेला दुकेला..’ गीतको भिडियो सँयुक्त नृत्य गरेका छन् । यो गीतको भिडियो युट्युवबाट सार्वजनिक गरेका छन् । गायिका अञ्जु पन्तको स्वरमा सजिएको यो गीतमा शिशिर भट्टराईको शब्द र मुरारीकै संगीत छ ।

मुरारी गुरागाईं अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा राजेन्द्र थापाको गीत र दीपक भट्टराईको संगीत छ । मुरारीलाई गायनमा टीका प्रसाईंले साथ दिएकी छन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।

कार्टुन्ज क्रु र भिमफेदी गाईजको संयुक्त फिचरिङ रहेको भिडियोलाई क्रुका सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा आश्मा विश्वकर्मा र सविन चाहानको कोरियोग्राफी, ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र लाक्पा डी लामाको सम्पादन छ ।

करिब दुई महिना अगाडी गुरागाईंले ‘पानी भर्ने’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका थिए ।