नेपाल आइडलको वल्र्ड म्युजिक टुर गृष्मालाई


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असोज

गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको उत्कृष्ट ३ लाई विश्व साँगीतिक यात्रा गराउने भएका छन् । आईतबार काठमाडौंमा एक समारोहबीच नेपाल आईडलको आयोजक एपी वान टिभीसँग यो अधिकारको सम्झौता गृष्माले गरेको हो । गृष्मा ब्रोडकास्टिङका तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट प्रवन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलले विश्व सँगीत यात्राको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

अब नेपाल आईडल तेश्रो सिजनको फाईनल समेत गृष्माब्रोड कास्टिङले बिदेशमा गर्नेछ । गृहेन्द्रले हस्ताक्षर गरिसकेपछि भने,‘टप ३ लाई विदेशमा रहेका हरेक नेपाली समक्ष पुर्याउने हाम्रो तयारी हुँदैछ, त्यसैले आफुलाई मन परेको, भोट गरेको नेपाल आइडललाई लाइभ हेर्ने इच्छा राख्नु भएका सम्पूर्ण दर्शक समक्ष हामी कार्यक्रम लिएर आउनेछौं ।’

गृहेन्द्रले भने,’नेपाल आइडलको टप ३ को वर्ल्ड टुरसंगै एक वर्षसम्मको सम्पूर्ण दायित्व हाम्रो हुनेछ ।’ तेस्रो सिजनमा आइपुग्दा नेपाल आइडलको फिईनलसंगै उत्कृष्ट ३ लाई गृष्मा ब्रोडकास्टिङलाई जिम्मा लगाउन पाउँदा आफुहरु खुसी रहेको एपि वानका पौडेलले बताए ।

गृष्मा ब्रोडकास्टिङले नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको छ । पछिल्लो समय जापानमा ’साकुरा नाइट’ गर्दै आएको यस कम्पनिले नेपालमा ‘सप्तरंग’को सफलतापछि यसको दोस्रो संस्करणलाई समेत आउँदो मँसिरको पहिलो साताबाट सात प्रदेशमै गर्ने भएको छ ।