ब्युटी न्युज नेपाल
काठमाडौं, २५ भदौ

‘मोडल हन्ट नेपाल २०१९’को अन्तिम स्पर्धा यहि शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजा हुँने भएको छ । प्रतियोगितामा देशभरबाट छानिएका ५५ जना युवायुवती भिड्दै छन् । जसको लागि उनीहरुले श्रावणको पहिलो सातादेखि प्रशिक्षण जारी छ ।

उनीहरुलाई अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, थेन्डुप शेर्पा, वनिसा मुल्मी श्रेण, निश्चल श्रेष्ठ लगायतले विविध प्रशिक्षण दिए । रोजिन शाक्य प्रतियोगीताको कोरियोग्राफर हुन् ।

प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगिताकै लागि भनेर भारतिय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोर आइतबार नेपाल आइसकेका छन् ।
बिगत पाँच बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा एक महिला र एक पुरुष शिर्ष बिजेता छानिने छन् ।