३१ भदौबाट काठमाडौंमा चिनियाँ चलचित्र महोत्सव


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ भदौ

काठमाडौंमा ‘चिनियाँ चलचित्र महोत्सव–२०१९’ आयोजना हुने भएको छ । यो महोत्सब आगामी २०७६ भाद्र ३१ देखि असोज २ गते सम्म आयोजना हुने आयोजक संस्था नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रले जानकारी गराएको छ ।

आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुने महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहनेछ । हरेक वर्ष नियमित रुपमा हुँदै आइरहेको यो महोत्सब यसपटक जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने छ ।

महोत्सवमा यसपालि ६ वटा चिनियाँ चलचित्र प्रदर्शन गरिने भएको वल्र्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालले जानकारी गराए । हरेक दिन २ वटा चलचित्र प्रदर्शन गरिने उक्त महोत्सवमा प्रवेश निशुल्क हुने र पासका लागि सम्पर्क गर्न अनुरोध गरिएको छ ।

रिमालका अनुसार महोत्सवमा चर्चित निर्देशक वङ्गकार वाई निर्देशित ‘द ग्राण्ड मास्टर ’, दाँते लाम निर्देशित ‘अपरेसन मेकङ’, जँ ज्याक्युज अनौद निर्देशित ‘वुल्फ टोटेम’, लेस्त चेन निर्देशित ‘ब्याटल अफ मेमोरिज’, हान यान निर्देशित ‘गो अवे मिस्टर ट्युमर’ र हाइ चोङ निर्देशित ‘रनिङ लाईक विन्ड’ प्रदर्शन गरिनेछ ।

महोत्सव अन्तर्गत नै यस वर्ष पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्यूटका प्रोफेसर चेन सुगुआङसँग एउटा विशेष अन्तरसंवादको कार्यक्रम पनि राखिएको वल्र्ड कल्चरल नेटका अध्यक्ष दिपक सरकारले बताए । कार्यक्रमबारे उनले भने,‘यो अन्तरसंवादले नेपाली चलचित्रकर्मीहरुलाई चिनियाँ कला र चलचित्रको बारेमा बुभ्mन सजिलो हुने छ । चलचित्रका माध्यमबाट दुई देशबीचको नागरिकहरुलाई एकआपसको संस्कृतिको बारेमा जानकार भई सम्बन्धलाई प्रगाढ बनाउन महोत्सबले मद्दत पुग्ने छ ।’