मोसफलमा साम्राज्ञीका थरी थरी फ्यान 


ब्युटी न्युज नेपाल

काठमाडौं, ८ भदौ 

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतीबेला मोफसल यात्रामा छिन् । उनको क्रेज मोफसलमा राम्रो देखिएको छ । १३ भदौमा चलचित्र ‘मारुनी’ रिलिज  हुँदैछ । यही फिल्मको प्रचारका लागि अभिनेत्री शाह अहिले चलचित्रको टिमसँगै मोफसल दौडमा छन् । आज, नेपालगञ्जमा कन्सर्ट भएसँगै चलचित्रको मोफसल टुर सकिनेछ । यो कन्सर्टमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी छन् । पछिल्लो समयमा साम्राज्ञीको विवादित बयान र तस्वीरका कारण उनको क्रेज कमजोर भएको महसुस गरिएको थियो । तर, मोसफल दौडमा रहेकी साम्राज्ञीलाई फ्यानले दिएको माया प्रसँसनीय छ । 

पोखरामा पानीले रोकेन साम्राज्ञीलाई फ्यानलाई 

चितवनपछि पोखरामा आयोजना भएको कन्सर्ट पानीका कारण स्थगित भयो । तर, साम्राज्ञीलाई नै हेर्न पुगेका सयौ फ्यानले पानीको प्रवाहा नगरि उनलाई पर्खिए । साम्राज्ञी र नायक पुष्प खड्का आउने खबरसँगै कन्सर्ट स्थलमा पुगेका फ्यानले दुबै कलाकारलाई भेट्न पाएनन् ।

कतिपय यूवतीहरु स्थानिय आयोजकसँग साम्राज्ञीलाई भेट गराइदिन आग्रह गर्दै रोएका थिए । वुटवलमा कन्सर्टको आयोजना नभएपनि स्थानिय केही कार्यक्रममा चलचित्रको टिम पुगेको थियो । उक्त कार्यक्रममा पनि साम्राज्ञीसँग तस्वीर खिचाउनेको भीड लोभलाग्दो थियो ।

पछिल्लो समयमा कमै मात्र कलाकार नोटिस भैरहेको अवस्थामा साम्राज्ञीले काठमाण्डौ बाहिर पनि लोभलाग्दो क्रेज बनाएकी छिन् । उनको यो क्रेज अब हलमा पनि देखिन आवश्यक छ । अहिले धेरै कलाकार भेट्दा दर्शक सेल्फी खिच्न लालयित हुने, तर तीनै कलाकारको चलचित्र हेर्न हलसम्म नपुग्ने क्रम बढेको छ ।

फ्यानले इटहरीमा ४ घन्टासम्म कुरे 

नायिका शाह र उनको टिमले पहिलो कन्सर्ट पूर्वको इटहरी चोकमा गरेको थियो । इटहरीमा ४ बजे कन्सर्ट सुरु हुने भनिएतापनि ७ बजेमात्र साम्राज्ञी र नायक पुष्प खड्का स्टेज चढेका थिए । तर, साम्राज्ञी आएको थाहा पाएसँगै उनका सयौ बढी फ्यान उनलाई ४ बजेबाट नै पर्खिरहेका थिए । केही यूवती फ्यानहरु साम्राज्ञी बसेको होटलसम्म पुगे । धेरैलाई होटलमा सुरक्षागार्डले साम्राज्ञीसम्म पुग्न दिएनन् । तर, उनीहरुको साम्राज्ञीप्रतिको माया लोभलाग्दो थियो ।

साम्राज्ञीका केही फ्यानले उनलाई भेटेर गिफ्ट थिए । अनलाइनखबरसँग कुरा गर्दै साम्राज्ञीले आफ्ना केही फ्यानको नाम नै सुनाइन् । उनी भन्छिन्–‘फ्यानको यस्तो माया पाउँदा खुशी लाग्छ । तर, फ्यानले भेट्ने वित्तिकै रुँदा भने नरमाइलो लाग्छ ।’

इटहरीमा साम्राज्ञीलाई सुरक्षागार्डले स्टेजसम्म पुर्याउन निकै संघर्ष गर्नुपर्यो । कार्यक्रम सकिएको केही समयसम्म पनि उनलाई फ्यानले कुरिरहेका थिए ।

साम्राज्ञीलाई भेट्न होटलमै पुगे फ्यान

चितवनको नारायणी किनारमा चलचित्रको प्रचारका लागि कन्सर्ट आयोजना गरियो । काठमाडौंबाहिर अत्याधिक गर्मी भएका कारण पनि दर्शक ७ बजेपछि मात्र बढी उपस्थित भएका थिए ।

चितवनमा पनि साम्राज्ञीलाई भिडबाट जोगाउन प्रहरी र बडीगार्डलाई धौ–धौ नै भयो । स्टेजसम्म पुगेकी साम्राज्ञीसँग तस्वीर खिचाउन स्टेजमै उनका फ्यान चढेका थिए । केहीले त चलचित्रको संवाद समेत बोलेर सुनाए ।

चितवनको कन्सर्ट सकिएपछि उनलाई केही फ्यानले होटलसम्म पिछा गरे । होटलमा आएका फ्यानसँग साम्राज्ञीले तस्वीर खिचाइन् र कुराकानी गरिन् । चलचित्र ‘ड्रिम्स’बाट उदाएकी नायिकाले थोरै चलचित्रमा काम गर्दा नै एकप्रकारको क्रेज बनाएकी छिन् ।