ब्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

दर्जनौ म्युजिक भिडियोमा मोडलिङ गरेकी चर्चा कमाएकी आशा भुसालले चलचित्र ‘दुस्मनी’बाट फिल्मी करिअर सुरु गरेकी हुन् । उनले नायिका रुपमा चलचित्र यात्रा ‘सुनपानी’ चलचित्रबाट सुरु गरेकी हुन् । यो चलचित्रमा अभिनयबाट चर्चा कमाएकी आशाले आधा दर्जन भन्दा बढी चलचित्र र तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

सिन्धुलीकी आशा भुसाल नेपाली चलचित्र क्षेत्रमा नै आफूलाई स्थापति गर्न चाहिन्छन् । यतिवेला नयाँ चलचित्रको वर्कसपमा व्यस्त रहेकी उनी छायाँकनको तयारी भइरहेको बताउँछिन् ।

उनले विरेन्द्र हमालसँग अभिनय र निशा शाहसँग नृत्य सिकेर यो क्षेत्रमा आफूलाई होमेकी हुन् । उनले केही स्टेज प्रोग्रामहरु समेत गरेकी छिन् । नृत्यमा पोख्त आशा सानै देखि आफूलाई यो क्षेत्र मन परेको हो पछी सबैले उनलाई यसै क्षेत्रमा जम्ने कोशिस गर राम्रो हुन्छ भन्ने सल्लाह दिएका कारण यो क्षेत्रमा आएका बताउँछिन् ।

नाटकमा समेत त्यतिकै रुची राखेर अभिनय गर्ने उनी अबको यात्रा भने नेपाली चलचित्र रहेको बताउँछिन् । नेपाली कला क्षेत्रमा नै आफूलाई पूर्ण रुपमा समर्पित गरेकी आशाले यस क्षेत्रमै नयाँ नयाँ क्रिएशन दिने दाबी गर्छिन् ।
जुनुसकै प्रकारको पनि अभिनय गर्न सक्ने बताउँने यि नायिकालाई कथाले माग्यो भने जस्तो पनि सिन दिन तयार छु भन्ने प्रश्नमा उनी भन्छिन् ‘कथाले माग्यो भन्दैमा असम्भव सिन दिने हैन, मिल्नेसम्म सिन दिन्छु, फेरि नाङ्गीन पर्छ भन्दिन कथाले’, भन्छिन् ।

नायिका हुनका लागि अभियन, नृत्य, शिक्षा हुन जरुरी भएको भन्दै उनले आफूमा यी सबै गुण भएको बताइन् । भोजपुरी र नेपाली चलचित्रमा आफू अडिशनबाट नै छानिएको भन्दै आशाले नायक राजेश हमालसँग काम गर्न मन लागेको खुलाइन् । चलचित्रको कथा भित्र आफू भिज्न सक्ने भएकाले कुनै निर्माताले आफूमाथि लगानी गर्दा खेर नजाने दाबी उनको छ ।

तपाई जस्तो बोल्ड अभिनेत्री ‘सुनपानी’ जस्तो सामाजिक कथाको चलचित्रमा देखिनु भयो नि भन्ने प्रश्नमा उनले आफू बोल्ड हुन तयार रहेको बताइन् । यदी, आफूलाई चलचित्रको कथावस्तु मन परेको खण्डमा बोल्ड हुन कुनै आपत्ती नभएको उनको तर्क छ ।