प्लटिङको बिरोध स्वरुप मोडलको छाती र गुप्ताँगमा रोपाईं


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ असार

नेपाल कृषीप्रधान देश । यहाँ १५ असारलाई धान दिवसको रुपमा मनाउने गरिन्छ । यो दिन धानको रोपाई सम्बन्धि विभिन्न कार्यक्रम गरिन्छ । यस्तै यस पटकको रोपाईं दिवसको दिन १५ असारमा एक जना मोडलले आफ्नो शरीरमा धान रोपेर फोटो सुट गरेकी छिन् ।

एक सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल रितिका जिरेलले आईतबार धान दिवसको अबसर पारेर आफ्नै शरीर (छाती र गुप्ताङ्ग)मा यसरी रोपाईं गरेर असार १५ मनाएकी हुन् ।

नेपालमा खेती योग्य जग्गाहरुमा प्लटिङ गरेर सबैतिर बाँजो राख्नुका साथै घर बनाउन थालेपछि जग्गाका अभावमा आफुले यसरी रोपाईं गरेको यी मोडलले बताएकी छिन् । खेती योग्य जग्गालाई खेती गर्न जोगाउनु पर्छ भन्ने यी मोडलको अभिव्यक्ति छ । तर यहाँ खेती योग्य जमिन धमाधम मासेर प्लटिङ गरी बाँजो राखेको रितिकालाई पटक्कै मन परेको छैन ।

‘शहर मात्र हैन, गाउँमा पनि खेती योग्य जग्गामा प्लटिङ गरेर किनबेचसँगै कँक्रिटको घर बनाउने क्रम बढेको छ । प्लटिङ गरेर जग्गालाई बन्दी बनाई खेती गर्न छाडेपछि त्यसको बिरोध स्वरुप यो छाती र गुप्ताङ्गमा रोपाई गरेकी हुँ ।’ रितिकाले व्युटी न्युज नेपालसँग भनिन्,‘ जग्गाको अभावले धान रोप्ने ठाउँ छैन् । धानको बिउहरु त्यत्तिकै खेर जान थालेपछि शरीरमा कपडाको रुपमा लगाएर जग्गालाई प्लटिङ गरी धान खेती नास्ने अभियानको बिरुद्ध यो फोटो सेसन गरेकी हुँ ।’ पवित्र धानको अपमान गरेको नठान्न पनि उनले अनुरोध गरेकी छिन् । यो धानको रोपोलाई फोटो सुटपछि खेतमा लगेर आफुले रोपेको पनि उनले प्रस्ट पारिन् ।

आफु भूमिको पुजारी जिरेलकी छोरी भएकाले खेती योग्य जमिनको सँरक्षण र खेतीप्रति सबैलाई आकर्षण गर्न यस्तो फोटो सेसन गरेको पनि उनले बताईन् । यो कुनै व्यक्ति भन्दा पनि प्रबृत्तिको बिरोध गरेको पनि उनले प्रस्टा परिन् । उनलाई यो रोपोको कपडा बनाउन ३ घन्टा लागेको थियो । रितिका जिरेल समुदायकी पहिलो अभिनेत्री तथा मोडल हुन् ।