बसुन्धरा र भुवनलाई सम्मान, सामिप्य र श्रीधरलाई पुरस्कार


व्युटी न्युज नेपाल
काठमाडौं, २८ भाद्र

बिगत चार दशक देखि नेपाली कला तथा चलचित्र क्षेत्रमा क्रियाशिल अग्रज अभिनेत्री बसुन्धरा भुषाललाई सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८ बाट सम्मानित गरिने भएको छ ।

आगामी आईतबार जापानको टोकियोमा हुने सूर्य ईनटरनेशनल अवार्ड–२०१८ उनलाई सो सम्मान प्रदान गर्न लागिएको आयोजक पक्षले जनाएको छ । यस्तै अरु कलाकार र पत्रकार पनि कार्यक्रममा सम्मानित एवम् पुरस्कृत हुँदैछन् । सम्मान र पुरस्कार वितरण कार्यक्रम जापानको टोकियोमा रहेको नाकानो जेरो हलमा आगामी आईतावार अवार्ड समारोहमा प्रदान गरिने पनि आयोजक पक्षले जनाएको छ ।

यस्तै तीनदशक देखी निरन्तर नेपाली चलचित्र बृत्तमा क्रियाशिल अभिनेता भुवन केसीलाई सूर्य कलाकारिता सम्मान–२०१८ बाट सम्मान गरिने भएको छ । आयोजक संस्था सूर्य कर्पोरेशनका अध्यक्षबासुदेव लामिछानेले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

डेढ दशकदेखि चलचित्रपत्रकारितामा सक्रिय पत्रकार सामिप्य राजतिमल्सेनालाई सूर्य चलचित्रपत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

एक दशकभन्दा लामो समय देखि फोटो पत्रकारितामा सक्रिय श्रीधर पौडेललाई सूर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको पनि आयोजक पक्षले जनाएको छ । समारोहमा चलचित्रका ६ विधा र गायनका ६ विधामा पनि अवार्ड प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।