चलचित्र काजीको अग्रिम टिकट खुला


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ

यही जेठ ८ देखि प्रदर्शन हुने फिल्म ‘काजी’ को टिकट बुकिङ बुधबारदेखि खुलेको छ । देशका विभिन्न हलहरूले बुधबारदेखि नै फिल्मको टिकट बुकिङ खुलाएका हुन् । जसअनुसार क्युसएफएक्स सिनेमाजअन्तर्गका राइजिङ मल, पोखरा, विरगञ्ज, इटहरी, दमौली, विर्तामोड, नारायणघाट, नेपालगञ्ज, बुटवल र काठमाडौँमा विभिन्न हलमा टिकट खुलाइएको छ। सुरुवातमा क्युसएफएक्स सिनेमाजले उपत्यकामा १३ र उपत्यका बाहिर १७ सो गरी देशभर ३० सो दिएको छ ।

त्यस्तै आइनआइ सिनेमाजले सिमरा, नवलपरासी, बुटवल र काठमाडौँका लोत्से मल, विश्वज्योति सिनेमाज र एनबी सेन्टरमा गरी १९ सो दिएको छ । वान सिनेमाजले ७ सो र बिग मुभिजमा २ सो गरी आजमात्रै ६० सो पाइसकेको छ । अन्य हलहरूले सो खुलाउन बाँकी छ ।

काजी र कजिनीको प्रेम कथामा बनेका फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । लेखक प्रदीप भारद्धाजको कथा रहेको फिल्मका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन्। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्म चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइनर र सुजिल कर्माचार्यको पाश्र्व संगीत, प्रोडक्सन हेड प्रकाश हमाल, विपीन मल्लको सम्पादन, बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ। फिल्म श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्दैछ ।