ब्युटी न्युज नेपाल
काठमाडौ ७ चैत्र
गायिका पुनम वस्याल र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छन् भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रोमा झुन्डिन सक्ने ओझिला शब्दलाई पुनमले कलेक्सन गरेकी छन् ।
पुर्ण संयोगको म्युजिक एरेन्जमा तयार भएको यस भजनको म्युजिक भिडियोलाई राजु अर्यालले निर्देशन, प्रबिण थापाले कोरियिग्राफी, हरिस महराले छायांकन र नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् ।
भजनको म्युजिक भिडियोमा पुनम बस्याल, फ्रेन्सिअ बस्याल, शंकर शाही ठकुरी, प्रमिला गहतराज, रेखा भट्टराई, साधना अर्याल लगायतको अभिनय र नृत्य देख्न पाइन्छ ।
उजेली, कुरा बुझिसके, सुनामी, चलाउ अभियान, नारायण लगायतका सिर्जनाकी सर्जक पुनम वस्यालले स्वर दिएका गीतहरूले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा र लोकप्रियता कमाइसकेका छन् ।


