ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज
‘मिष्टर नेपाल वल्र्ड २०२५’को उपाधि ललितपुरका हिमाञ्चल राज केसीले जितेका छन् । शनिबार अबेर साँझ काठमाडौँको एउटा होटलमा आयोजित ‘मिष्टर नेपाल २०२५’को ग्राण्ड फिनालेमा उनले बाँकी २७ प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधि हात पारेका छन् । ‘मिस्टर नेपाल’ भनेर चिनिदा एकदमै खुसी लागेको केसीले बताए । उनले उपाधिले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको नाम उचो राख्ने जिम्मेवारी हात धारणा राखे ।
प्रतियोगितामा दोस्रो र तेस्रो उपाधि तर्फ क्रमश भद्रपुर झापाका गिरिश रत्न शाक्य ‘मिष्टर ग्लोबल नेपाल’ र मोरङका प्रकाश चौहान ‘म्यान अफ द वल्र्ड’ घोषित भए । विजेता शाक्य र चौहानले उपाधिले आफ्ना लागि नयाँ अवसरको ढोका खोलेको बताए । यो अवसर अन्तराष्ट्रिय प्लेटफर्ममा सदुपयोग गर्ने धारणा राखे ।
विजेताहरुले ‘मिस्टर वल्र्ड २०२५’, ‘मिष्टर ग्लोवल २०२५’ र ‘म्यान अफ द वल्र्ड’मा नेपालको प्रतिनिधित्वको गर्ने असवरसँगै ५ लाख बराबरको पुरस्कार प्राप्त गरे । भब्य रनवेमा फेसनमय उल्लासकासाथ आयोजित प्रतियोगीतामा २८ युवाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगीतामा मिष्टर मल्टिमिडिया र मष्ट एक्टिभ प्रकाश चौहान, मोष्ट ट्यालेन्ट विजय स्याङतान, बेष्ट फिजिक लक्ष्मण चन्द ठकुरी, मोष्ट पपुलर अस्टिन शेरचन, बेष्ट पर्सनालिटी हिमाञ्चल राज केसी, मिष्टर कमर्सियल आशिष गिरी, मोष्ट इन्टलेक्चयुल सक्रिय घिसिङ तामाङ, मिष्टर स्टाइल आइक निश्चिल मानन्धर, बेष्ट स्पोटम्यान दर्पण सिंह गिरी, मोष्ट क्रियटिभ सबल कटुवाल, जेन्टलम्यान वीथ प्रोपोस गिरिश रत्न शाक्य रहेका छन् ।
प्रतियोगीताको कोरियोग्राफर तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका थिए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले २००१ देखि नियमित यो प्रतियोगिता आयोजना हुँदै आएको आयोजक रबी धमलाले बताए ।