चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड सम्पन्न 


ब्युटी न्युज नेपाल
काठमाडौँ २९ असार

चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ सम्पन्न भएको छ । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यो अवार्ड उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा गरेको हो ।

समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विभिन्न स्रष्टालाई सम्मान प्रदान गरे ।

कार्यक्रममा अग्रज कलाकार सविन बास्तोला, अग्रज पत्रकार कृष्ण भट्टराई, गायक तथा संगीतकार थानेश्वर गौतम, लोक गायक तथा संगीतकार राजन भुजेल विश्वकर्मालाई स्रष्टा सम्मान प्रदान गरियो ।

त्यसै गरी दशक सम्मानबाट गायिका माण्डवी त्रिपाठी, लोक गायक कुलेन्द्र विश्वकर्मा, लोक गायिका देवी हमाल, सिनेम्याटोग्रफर नीरज कँडेल, गायक बिनोद ढकाल, कलाकार पनाह अधिकारी, गायिका कविता राउत, गायक चेतन गोतामे, गायिका शोभा पाण्डे, गायिका सरला राउत, गायिका मनु थापा मगर, सञ्चारकर्मी रिदेन महर्जन, सञ्चारकर्मी निर्मल पौडेल, बिक्रम सुनार, ग्राफिक्स डिजाइनर, सम्पादक रमेशमान श्रेष्ठ सम्मानित भए । कार्यक्रम उपमा सञ्चारका उपाध्यक्ष राम कृष्ण पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

सो समारोहमा विभिन्न विधामा अवार्ड प्रदान गरियो । कार्यक्रममा सिताराम परियार, छवि घिमिरे, होमनाथ कुँवर, विनय कार्की, सारू मगर, अस्मिता गोर्खाली, श्याम राना, शीतल शर्मा, पूजा परियार, नारायण राई, सबिता कार्की, अस्मिता खनाल, रिजन बस्याल, अप्सरा राउत क्षेत्री, रमेश लामिछाने, युमिसा पुरी, थुमन शर्मा, भुवन के. पोख्रेल, देव नारायण मगर, सबिता परियार, कल्पित मिनुले अवार्ड पाए ।

यस्तै सोब्राटी मन्सुरी, विवेक धिताल, पार्वती रोकाया, चन्द्रकला देवकोटा, विनय खत्री, कृष्ण ढकाल, सफल अर्याल, सुवास रेग्मी, करण कँडेल, राजु तिमल्सिना, प्रीति पुन मगर, बिना ठकुरी, नरेश के.सी., समीर तिमल्सिना, शोभा त्रिपाठी, विमल नेपाली, रजनी लामा, आरोही कार्की, कमला गैरे, मनीषा बुढा, दशरथ डंगोल, सञ्जय थिङ, भीमसेन सापकोटा, कविता पुन मगर, कविता खत्री, तुलसा सुनुवार, सुवास गडाल, इन्द्र बस्यालले पनि आ आफ्नो विधामा अवार्ड हाँसिल गरे ।

कार्यक्रमलाई समापन गर्दै उपमा सञ्चारकी अध्यक्ष तथा सभाध्यक्ष आशा गौतमले कार्यक्रममा स्रष्टा, सर्जकहरूलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताइन् ।