ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ जेठ
मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ आइतबार साँझ काठमाडौँमा सम्पन्न भयो । बिवाहित र अबिवाहित महिलाहरु बिचको यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाबाट चारजना बिजेता छानियो । जसमा अबिवाहित अर्थात मिस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ दिपा क्षेत्री बिजेता बनिन् भने मेरिता पोखरेल फस्र्ट रनरअप बन्न सफल भइन् ।
यस्तै बिवाहित अर्थात मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ सारिका बुढा बिजेता बन्न सफल भइन् भने सिर्जना राई फस्र्ट रनरअप बनिन् । आयोजक शाह स्टुडियो एण्ड कम्पनी प्रा.ली.का अध्यक्ष मोनु शाहले चारैजना बिजेताहरुले नेपाललाई प्रतिनिधित्व गर्दै मलेसिया र मुम्बईमा हुने प्रतिस्पर्धामा सहभागीता जनाउन पाउने जानकारी दिए ।
शाहका अनुसार मिस तर्फकी बिजेता दिपा र मिसेस तर्फकी बिजेता सारिकाले मलेसियामा प्रतिनिधित्व गर्न पाउनेछन् भने मिस तर्फकी फस्र्ट रनरअप मेरिता र मिसेस तर्फकी फस्र्ट रनरअप सिर्जनाले मुम्बईमा प्रतिनिधित्व गर्न पाउनेछन् । उनीहरु मलेसिया र मुम्बई जाने तालिका आउन बाँकी रहेको र दुईमहिना भित्रमा पुगिसक्ने जानकारी गराइयो । मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५को फिनालेमा मिस तर्फ १० जना र मिसेस तर्फ ३ जनाबिच प्रतिस्पर्धा भएको थियो ।