डि एच सी सार्वजनिक गर्दै करिश्मा, बेनिशा र उषाले सुनाए सुन्दरताको कथा


ब्युटी न्युज नेपाल
काठमाडौं १२ जेठ

उमेरले पाँच दशक टेक्न केही वर्ष मात्र बाँकी भएकी अग्रज अभिनेत्री करिश्मा मानन्धरको सुन्दरता २५ वर्षीया नायिकाहरुको भन्दै अझ निखार देखिन्छ । अब उनलाई आफ्नो सुन्दरता लामो समयसम्म टिक्नेमा झनै विश्वास थपिएको छ ।

हलिउडका नायक नायिकाहरुको सुन्दरतालाई लामो समयसम्म जोगाउन र टिकाउन सफल जापानको ४ दशकभन्दा पुरानो अन्तराष्ट्रिय कस्मेटिक उत्पादन डि एच सी नेपाल आएपछि आफ्नो सुन्दरता अझै धेरै वर्ष ताजगी रहने विश्वास नायिका करिश्माको छ ।

सोही कारण पनि आफुले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने अभिनेत्री करिश्मा मानन्धरले बताएकी छिन् । बिहिबार काठमाडौंमा एक समारोहबीच जापानको अन्तराष्ट्रिय उत्पादन व्युटी कस्मेटिक ‘डि एच सी’को स्किन सम्बन्धि विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले यस्तो भनाई राखेकी हुन् ।

हलिउडका कलाकारहरुले महत्वका साथ प्रयोग गर्दै आएको यो उत्पादन नेपालमा भित्रिएकोमा अभिनेत्री करिश्माले खुसी व्यक्त गरिन् । कार्यक्रममा अभिनेत्रीहरु करिश्मा मानन्धर, बेनिशा हमाल, गायिका तृष्णा गुरुङ, मोडल उषा उप्रेती, हिमान्चल ट्रेडिङका अध्यक्ष नारायण प्रसाद न्यौपाने, प्रवन्ध निर्देशक सुजन न्यौपाने, डि एच सीका नेपाल सेल्स म्यानेजर कमल भारतीले डि एच सीका २१ वटा उत्पादको सँयुक्त लोकार्पण गरे ।

विश्वका मानिसहरुको मन जितेर सबैलाई प्राकृतिक रुपमै सुन्दर बनाउँदै आएको सौन्दर्य सम्बन्धि अन्तराष्ट्रिय उत्पादन डि एच सीलाई आफुले सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको पनि करिश्माले बताईन् । जापानमा कस्मेटिक अवार्ड जितेको यो उत्पादन प्रति आफु विश्वस्त भएको पनि करिश्माले बताईन् ।

यस्तै अभिनेत्री बेनिशा हमालले विश्वमा प्रति सेकेन्ड कम्तिमा एक उत्पादन बिक्री हुने डि एच सी आफुहरुको लागि झनै उपयोगी हुने गरेको उनले बताईन् । नायिका भएका कारण आफु छालाको सुन्दरता र स्वास्थ्य प्रति निकै सजक भएको र बिदेशबाट मगाउने गरेको यो उत्पादन अब नेपालमै किन्न पाउँदा आफुहरु झनै खुसी भएको पनि उनले बताईन् ।

नेपालमा डि एच सीको उत्पादन भित्राउन सफल कम्पनी हिमाञ्चल ट्रेडिङका प्रबन्ध निर्देशक सुजन न्यौपानले कार्यक्रममा भने,‘जापानमा क्लिनिकली प्रमाणित भएको आई एस ओबाट प्रमाणित डि एच सीको उत्पादन हलिउडका स्टारहरुको समेत पहिलो नम्बरको रोजाईमा परेको कस्मेटिक हो र यो अन्तराष्ट्रिय ब्रान्ड विश्वका ३५ भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । गुणस्तरमा विश्वको मन जितेको यो कस्मेटिक उत्पादन अब हामीले भारतीय बजार भन्दा निकै सस्तो मूल्यमा नेपालमा बिक्री गर्दैछौं ।’

डि एच सीको स्किन केयर, हेयर केयर, मेक अप, सप्लिमेन्ट सहित दुई हजार भन्दा बढी उत्पादन विश्व बजारमा बिक्री हुँदै आए पनि आफुहरुले नेपालमा अहिले स्किन केयर सम्बन्धि २१ वटा उत्पादन भित्राएको पनि प्रबन्ध निर्देशक सुजनले कार्यक्रममा बताए ।

मोडल उषा उप्रेतीले नारीहरुको सुन्दरतामा व्युटी उत्पादनको निकै महत्व हुने गरेको बताईन् । नक्कली कस्मेटिक सामग्रीले छालालाई असर पारेको बेला यो अन्तराष्ट्रिय क्षेत्रमै लोकप्रिय जापानिज उत्पादन डि एच सीले नेपालीहरुको सुन्दरतामा अझ निखार ल्याउने बताईन् ।

सो कार्यक्रममा सञ्चारकर्मी तथा चलचित्र निर्देशक दिनेश डिसीले डि एच सीको त्यहाँ सार्वजनिक गरिएको उत्पादनबारे जानकारी गराए । जापानमा उत्पादन हुने यस्ता जौविक सौन्दर्य प्रशोधन समाग्री धेरै हिसावले स्वास्थ्यका लागि उपयुक्त रहेको उनले बताए ।

मोडल उषा उप्रेतीले नारीहरुको सुन्दरतामा व्युटी उत्पादनको निकै महत्व हुने गरेको बताईन् । नक्कली कस्मेटिक सामग्रीले छालालाई असर पारेको बेला यो अन्तराष्ट्रिय क्षेत्रमै लोकप्रिय जापानिज उत्पादन डि एच सीले नेपालीहरुको सुन्दरतामा अझ निखार ल्याउने बताईन् ।

कार्यक्रममा अग्रज ब्युटिसियन सोनी कारँजित र कस्मेटोलोजिस्ट परिषी कारंजितले डि एच सीको उत्पादन कसरी प्रयोग गर्ने भनेर देश भरका सय भन्दा बढी बिक्रेता तथा व्युटिसियनहरुलाई कार्यक्रममा कार्यशाला मार्फत जानकारी गराए । यो उत्पादन नेपाली बजारमा आफुहरुले पठाईसकेको डि एच सीको नेपाल सेल्स म्यानेजर कमल भारतीले जानकारी गराए ।