ट्यालेन्ट स्टार नेपाल २०२२ का प्रतियोगीले देखाए ट्यालेन्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

परिवर्तन इभेन्ट हाउसको आयोजनामा ३ वर्ष देखि हुँदै आएको ‘ट्यालेन्ट स्टार नेपाल’को तेश्रो सिजनको अहिले प्रशिक्षण जारी छ । यसै क्रममा यो प्रतियोगितामा यतीबेला ४३ जना बालबालिकाहरु विभिन्न प्रशिक्षणमा छन् । ती बालबालिकाले आफुमा भएको प्रतिभा प्रस्तुत गरेका छन् । काठमाडौंमा एक समारोहबीच उनीहरुहरुले ट्यालेन्ट शो अन्तर्गत उनीहरुले प्रतिभा प्रस्तुत गरेका हुन् ।

यो प्रतियोगितामा मिनी ट्यालेन्ट स्टार नेपाल, जुनियर ट्यालेन्ट स्टार नेपाल, प्रि टिन ट्यालेन्ट स्टार नेपाल र टिन ट्यालेन्ट स्टारन नेपाल गरी छुट्टाछुट्टा चार शिर्षकका लागि फरक ५ देखि १६ वर्षसम्मका बालिबालिकाहरुले यो प्रतियोगितामा आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका छन् ।
ट्यालेन्ट शो अन्तर्गत उनीहरुले गायन, नृत्य, अभिनय, चित्रकला जस्ता आफ्ना विविध ट्यालेन्ट प्रस्तुत गरेका छन् ।

निशा खत्रीको कोरियोग्राफीमा आयोजना हुँदै आएको यो प्रतियोगिताको फिनाले यही ७ जेठ शनिबार काठमाडौंको जमल स्थित नाचघरमा आयोजना हुने आयोजक राज बराईलीले जानकारी गराएका छन् ।

यो प्रतियोगिताको बिजेताहरुलाई अमेरिकामा हुने ट्यालेन्ट स्टार वल्र्ड २०२२ मा भाग लिन पाउने अर्की आयोजक सोनियाँ जिआरले जानकारी गराएकी छिन् ।

ट्यालेन्ट शोमा बरिष्ट नृत्य निर्देशक सुवास बुढाथोकी, बरिष्ट गीतकार डब्बु क्षत्री, लोकप्रिय संगीतकार राजेन्द्र बजगाईं, गायिका सरिता भारती र नाट्यकर्मी जगदिश अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका छन् । ट्यालेन्ट शोमा निर्णायकको मूल्याँकनबाट प्राप्त नम्बरको आधारमा बिजेता चयन गरिने सोनियाँले जनाएकी छिन् ।