आज १२३३८ जनालाई कोरोना


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ माघ

नेपालमा कोरोना सँक्रमितको दैनिक सँख्या १२ हजारबाट उकालो लागेको छ । पछिल्लो २४ घण्टामा हालसम्मकै बढी १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै यो सँख्या उकालो लागेको हो । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने ६४९ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८८८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ भने ८ लाख १८ हजार ८०९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना रहेका छन् । जसमध्ये ५५ हजार ८३६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८६ जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

काठमाडौं हट स्पट बन्दै

उपत्यकामा एकैदिन थपिए ६ हजार ८९१ संक्रमित थिपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००ज्ञ, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कास्कीमा ३६६, मोरङमा ३२६, सुनसरीमा २९८, रुपन्देहीमा २०९ जना, काभ्रेपलाञ्चोकमा १८७, कैलालीमा १७३, झापामा १७१, धनुषामा १२०, मकवानपुरमा ११६, चितवनमा ११५ , तनहुँमा ५६, दाङमा ५२, सप्तरीमा ५१, सिरहामा ४८, पर्सामा ४५ , सुर्खेतमा ४० , कञ्‍चनपुरमा ३७, नुवाकोटमा ३६, बाँके र सिन्धुलीमा २८/२८ जना, सर्लाही, धादिङ, पाल्पा र डडेल्धुरामा २६/२६ जना, बारामा २५, महोत्तरीमा २४, दोलखामा २२, धनकुटा र नवलपरासी पश्‍चिममा २१/२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।