अभिनेता ऋषी कपूरको निधन, अन्त्यष्टीको तयारी


मुम्बई
एजेन्सी, १८ बैशाख

बलिउका अभिनेता ऋषी कपूर अब हामीमाझ रहेनन् । ऋषि कपुरको आज बिहान ६७ वर्षको उमेरमा निधन भएको छ । बुधबार मात्र अभिनेता इरफान खान गुमाएको बलिउडले आज बिहिबार फेरी अभिनेता ऋषी कपूर गुमाएको छ । यी दुबै अभिनेताको निधन क्यान्सरबाट भएको हो ।

उनी बिगत दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए । ऋषि कपुर स्वस्थमा गम्भिर समस्या आएपछि उनलाई बुधबार मात्र श्री एचएन रिलयान्स अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको दाई
रणधीर कपुरले बताएका छन् ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँगै स्वासप्रश्वाससम्बन्धी समस्याले अभिनेता ऋषी कपुरको निधन भएको जनाएको छ । उनको अहिले श्रद्धाञ्जली कार्यक्रम चलिरहेको छ । केही क्षणमा उनको अन्तिम संस्कार गरिने दाई रणधिर कपुरले बताएका छन् ।

सन २०१८ मा क्यान्सर देखिएपछि उनीले एक वर्ष अमेरिकामा उपचार गराएका थिए । गत वर्ष सेप्टेम्बरमा अमेरिकाबाट मुम्बई फर्किएका ऋषी क्यान्सरबाट मुक्त हुन सकेका थिएनन् ।

आफ्ना बुबा तथा एक समयका चर्चित अभिनेता राज कपुरको प्रेरणले बाल कलाकार हुँदै ऋषी कपुरु बलिउडमा नायक बनेका थिए । उनले बलिउडमा सयको सँख्यामा चर्चित सिनेमाहरु दिईसकेका छन् । सन् १९७३ मा बबी फिल्मबाट नायकको रुपमा उनले आफ्ना फिल्मी करिअर सुरु गरेका थिए । अभिनता रणबीर कपूर दिवँगत अभिनेता ऋषीका छोरा हुन् । अहिले बलिउडकर्मीले दिबँगत अभिनेता ऋषीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।