रविना ब्युटी पार्लरद्धारा निता ढुँगाना सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

अभिनेत्री निता ढुँगाना काठमाडौंमा एक समारोहबीच सम्मानित भएकी छिन् । वर्षभरी नेपाली चलचित्रबाट एक पछि अर्को गर्दै उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दै आएको भन्दै उनलाई सम्मान गरिएको हो ।

काठमाडौंको मिन भवन र पेप्सिकोलामा रहेको रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले शनिबार काठमाडौंमा सर्टिफिकेट वितरण समारोहमाबीच अभिनेत्री नितालाई विशेष योगदान सम्मानबाट सम्मानित गरेको हो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद सानोठिमीका कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुंगेल, पार्लरकी अध्यक्ष सुलोचना श्रेष्ठ र सञ्चालक गगन श्रेष्ठले सो पार्लरका तर्फबाट सम्मान प्रदान गरेका हुन् । सो पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् व्युटिसियन सुलोचना श्रेष्ठका अनुसार यो संस्थाले वर्षेनी एक व्यक्तिलाई विशेष योगदान सम्मान प्रदान गर्दै आएको छ ।

चलचित्र पञ्चायतबाट २०७५ सालमा नेपालका सबैजसो फिल्म अवार्डसँगै विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेर नेपालको नाम समेत चिनाएको भन्दै उनलाई सम्मानित गरिएको छ ।

सो पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् व्युटिसियन सुलोचना श्रेष्ठले निताले यो १७ वर्षको फिल्मी करिअरमा उत्कृष्ट काम गरेको र नेपाली चलचित्र उधोगलाई माथि उठ्नमा ठुलो योगदान पुर्याएकाले सम्मान गरिएको बताईन् ।

अभिनेत्री निताले पनि यो सम्मानले आफुलाई अझ राम्रो काम गर्न प्रेरण मिलेको बताईन् । अभिनेत्री निता ढँगाना रबिना ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टरकी ब्युटी ब्रान्ड एम्बेस्डर हुन् ।

सो प्रशिक्षण केन्द्रले अहिलेसम्म चार हजार चार सयव्यक्तिलाई व्युटी सम्बन्धि प्रशिक्षण दिएको सञ्चालक गगन श्रेष्ठले कार्यक्रममा जानकारी गराए ।