मोफसल यात्रामा आप्पा टिम


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असार

चलचित्र आप्पाको निर्माण टिम यतीबेला मोफसल यात्रामा छ । टिमले शुक्रबार मोफसलका पोखरा र नारायणघाटमा पत्रकार भेटघाट कार्यक्रममा चलचित्रको बारे जानकारी गराएको छ ।

आगामी १३ असारबाट यो फिल्म रिलिज हुने नारायणघाटमा आयोजित पत्रकार भेटघाटका क्रममा बताईयो । सो क्रममा मुख्य अभिनेता दयाहाङ राईले ‘आप्पा’ दार्जि्िलङ देखी सन्दकपुर सम्मको यात्राको कथा रहेको बताए । उनले सिनेमा आफ्नो भूमिका बिर्खे नाम गरेको एक ड्राईभरको रहेको र त्यही ड्राईभरको वरीपरी नै कथा घुमेको खुलाए । एउटा ड्राईभरले गाडी चलाउँदा केके भोग्न पर्छ भन्ने कथा सिनेमाले उठान गरेको दयाहाङले बताए ।

कार्यक्रममा निर्देशक अनमोल गुरुङले आप्पा नेपालसँगै भारतका मुख्ख सहरमा १३ असारमै रिलिज हुने जानकारी गराए । सिनेमा ‘आप्पा’ नेपाल सँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन हुने निर्देशक गुरुङको भनाई छ ।

‘आप्पा’ भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जि्िलङ, सिलोङ जस्ता मुख्य सहरहरुमा प्रदर्शनमा आउने लागेको निर्देशक अनमोलले बताए । उनले लामो समय पछी नेपाली सिनेमा नेपालमा रिलिज भएकै दिन भारतमा पनि रिलिज हुन लागेको जानकारी गराउँदै भने,‘नेपाली सिनेमाको बिदेशमा च्यारिटी शोजहरु त हुने गर्दछ तर एक साथ सिनेमा हलमा रिलिज भन्ने थोरै सिनेमा मात्रै हुने गर्छन् । त्यही विदेशमा समेत रेगुलर हलमा रिलिज हुने लक्की सिनेमा अन्तर्गत आप्पा पनि गरेको उनको भनाई छ ।’

सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ ।

बाबु छोराको सम्बन्धको कथा बोल्ने सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमा ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ ।

‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।