एनटिभी प्लसबाट ‘कुरा मात्रै भो’


ब्युटी न्युज नेपाल
काठमाडौ, २७ जेठ

हाँस्य टेलिसिरियल ‘कुरा मात्रै भो’ एनटिभी प्लसमा प्रसारण हुन थालेको छ । सिरियललाई अर्जुन गौतम र भोला अधिकारीले निर्देशन गरेका छन् । जेसिका इण्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस टेलिसिरियललाई दर्शकहरुले मन पराइरहेका छन् ।

यो सिरियलमा उत्तम अर्याल कोदे ,लक्ष्मण चौलागाई , जयराम सापकोटा , धर्मराज आचार्य (स्याल बुढो), भोला अधिकारी ,दिनेश तामाङ , पनिशा कार्की,सुमित्रा रिमाल , राम चन्द्र थापा लगायत नयाँ पुराना कलाकाहरुले अभिनय गरिहेका छन् ।

यो हाँस्य सिरियल नेपाल टेलिभिजन प्लसबाट हरके शुक्रबार साँझ आठ बजे देखि प्रसारण हुन थालेको हो । सिरियलले अहिलेको समय सापेक्षलाई हाँस्य खुराकले दर्शकलाई मनोरञ्जन दिने निर्देशक गौतमले बताए । निर्देशक गौतमका अनुसार सिरियलमा, हास्यसँगै, राजनीतिक बिषय बस्तुलाई आधारित बढी महत्व दिईएको छ ।

यसको कार्यकारी निर्मातामा राजु श्रेष्ठ रहेका छन् । सिरियलमा साहित्यकार सनत आचार्यको कथा पटकथा, राम चन्द्र थापाको प्रस्तुति, कमल श्रेष्ठको निर्माण, जनक राज अधिकारीको छायाँकन, राज श्रेष्ठको सम्पादन छ ।