रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका विधार्थीहरुलाई प्रमाणपत्र प्रदान


ब्युटी न्युज नेपाल
काठमाडौं,

रोज सिप विकाश तालिम केन्द्र रविभवनबाट सिलाई बुनाईमा सिटिईभिटी स्किल टेस्ट अन्तर्गत फस्ट लेभव उतिर्ण गर्ने महिलाहरुलाई सर्टिफिकेट प्रदान गरिएको छ । यस्तै र रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट ब्युटिसियन कोर्ष अन्तर्गत सिटिईभिटीको स्किल टेस्टको पहिलो लेभव उतिर्ण गर्ने व्युटिसियनहरुलाई पनि सर्टिफकेट प्रदान गरिएको छ ।

यस्तै रोज व्युटी पार्र्लर एन्ड ट्रेनिङ सेन्टर र रोज सिप विकाश तालिम केन्द्रबाट व्युटिसियन सम्बन्धि बेसिक तथा डिप्लोमा सिलाई बुनाईमा प्रशिक्षण पुरा गरेकाहरुलाई पनि कार्यक्रममा सर्टिफिकेट प्रदान गरिएको छ ।

रोज सिप विकास तालिम केन्द्र तथा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा बरिष्ट व्युटिसियन सोनी कारँजितले सिटिईभिटी स्किल टेस्ट अन्तर्गत फस्ट लेवल उतिर्ण गरेका र रोजबाट प्रशिक्षण पुरा गरेकाहरुलाई सर्टिफिकेट प्रदान गरेकी हुन् ।

सो कार्यक्रममा सर्टिफिकेट प्राप्त गर्ने व्युटिसियन तथा सिलाई बुनाई प्रशिक्षार्थीहरुमा सरिता भारती, रेखा राना, अनसा प्रकाश खड्गी, बिना लामा, सुकान्ती चौधरी, इश्वरी तामाङ, अञ्जु राई, गीता विक, चन्द्रलक्ष्मी, रिता महर्जन, बिमला सेन्चुरी, निता थोकर, सविता लक्ष्मी मगर, शान्ता, एलिना श्रेष्ठ, सुलोचना कटवाल, निलिमा महर्जन, ममता श्रेष्ठ, पिङकी कुमारी खड्गी, रजनी लुंगेली, रमोना बलामी, ममता केसी, आसिया खातुन, प्रिया कर्ण, सृजना लामा, अनुराधा महर्जन, मोहनी कार्की, रोमी महर्जन, ममिना खान, सृजना सेन्चुरी, सविता सेन्चुरी, संगीता श्रेष्ठ, सविता लामा, सोममाया, सरिना, हेमा घले रहेका छन् ।

बरिष्ट व्युटिसियन सोनी कारँजितले सिटिईभिटीबाट स्किल टेस्टमा उतिर्ण विधार्थीहरुलाई बधाई ज्ञापन गर्दै आउँदा दिनमा यो पेशालाई इमान्दारिताका साथ अघि बढाउन सुझाब दिईन् ।

पोष्ट मिति ः २०७६ जेठ ८