लगनखेलमा खुल्यो मायाज् ब्युटी पार्लर


व्युटी न्युज नेपाल
काठमाडौं, २९ बैशाख

बिगत १ दशक अगाडी देखी सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरीले नयाँ बानेश्वरपछि फेरी आफ्नो ब्युटी पार्लर मायोज् ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको नयाँ शाखा ललितपुरको लगतखेलमा खोलेकी छिन् । सो पार्लरको चलचित्र बीर विक्रमकी अभिनेत्री बर्षा सिवाकोटीले उद्घाटन गरेकी छिन ।

उद्घाटन कार्यक्रममा बोल्दै नायिका सिवाकोटीले पार्लरको सफलताको कामना गरेकी थिइन् । कार्यक्रममा अभिनेत्री शिवाकोटीले भनिन्,‘महिलाको लागि पछिल्लो समय सौन्दर्य कला जान्नु र सुन्दर बन्नु अत्यावश्यक बनेको छ । त्यसमाथि हामी कला क्षेत्रमा लागेकाहरुका लागि त मेकअप नभई हुँदैन ।’ उनले त्यसैले मायाजको सेवा सुबिधा लिन आफु आतुर भएको र मायाजले नाम जस्तै सबैको माया आउने विश्वास व्यक्त गरिन् ।

यो पार्लरले अभिनेत्री सिवाकोटीका लागि एक वर्षका लागि सम्पूर्ण सौन्दर्य सुबिधा निःशुल्क गरेको छ। सो पार्लमा जाने अन्य कलाकारका लागि पनि बिशेष छुटको ब्यबस्था गरेको छ । ओपनिङको अवसरमा पार्लरले सम्पूर्ण सेवा सुबिधामा ५० प्रतिशत छुट गरेको पनि सञ्चालक गिरीले जानकारी गराईन् ।

भक्तपुर सूर्य बिनायकमा मुख्य पार्लर रहेको मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको शाखा नयाँ बानेश्वर र कलंकीमा समेत रहेको छ । लगनखेलको यो तेश्रो शाखा हो । पार्लरको चौथो शाखा चावहिल एरियामा खोल्ने तयारीमा रहेको संचालिका गिरीले बताईन ।