ब्युटी न्युज नेपाल
काठमाडौं,  ९ बैशाख

सौन्दर्यमा अझ निखार ल्याउने भन्दै काठमाडौंको हात्तीगौंडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियो खोलिएको छ । दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्घाटन गायक आनन्द कार्की, अभिनेता नजिर हुसेन र अभिनेत्री शिल्पा मास्केले गरेका छन् ।

उद्घाटन समारोहमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बसनारायण मर्हजनले पार्लरको सफलताको कामना ब्यक्त गरे । कार्यक्रममा बोल्दै गायक आनन्द कार्कीले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरुलाई उद्यमशिल बनाउने र अहिलेको आधुनिक प्रविधि सहितको सुविधा दिने रहेको भन्दै यसमा खुसी व्यक्त गरे ।

दुलही ब्युटि एण्ड फेसन स्टुडियोकी प्रबन्ध निर्देशक गोपी मायाँ थुलुङले आफ्नो पार्लरमा फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काटने ब्युटिसियन कोर्सहरु सञ्चालन गर्ने बताईन् । उनले ब्युटिपार्लरमा उपलब्ध हुने सबै किसिमका सेवाहरु उपलब्ध हुने यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोमा गरिब, एकल महिला, आर्थिक अबस्था कमजोर भएका महिलाहरुले निःशुल्क रुपमा ब्युटिसियन तालिम लिने पनि जानकारी गराईन् ।