ब्युटी न्युज नेपाल

काठमाडौं, ३ बैशाख 

शुक्रबारबाट प्रदर्शनमा आईको फिल्म ‘यात्रा–अ म्युजिकल ब्लग’ लाई दर्शकले रुचाएका छन् । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते विभिन्न हलमा पुगेका सलिनमान बनियाले दर्शकसँग प्रतिक्रिया लिदै शुभकामना आदानप्रदान गरे । नयाँ वर्षको शुभकामना दिदै दर्शकको प्रतिक्रिया लिन हलमा पुग्दा सलिन दंग थिए,‘दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको छु’ उनले भने, ‘यो न्यु इयरमा दर्शकसंग म छु र म संग दर्शक हुनहुन्छ ।’ उनललाई आफ्नो अगाडी पाउँदा दर्शक पनि दंग थिए ।

उनले राजधानीका हल मुख्य हल भिजिट गरेका थिए भने गोपीकृष्ण मुभिज चाबहिल र अष्टनारायण पिक्चर्स बालाजु बाइपास रोड मिडियाकर्मी पनि सलिनसंग थिए । सलिन सहित यात्रा टिम हलमा आउंदै छ भन्ने थाहा पाएपछि दर्शकहरु सलिनको एक झलक पाउन र छुन तछाडमछाड गरिरहेका थिए । सलिनसंगै सलोनले पनि दर्शकको माया महसुस गरे । ‘दर्शकले दिनु भएको सकारात्मक प्रतिक्रियाले हिजो दुखलाई भुलेका छौ’ सलोनले भने,‘मेरो सहयोगी क्यारेक्टरलाई दर्शकले रुचाउनु भएको छ, नानी कति जाति है भन्ने खालका कमेन्ट पाएको छु ।’

सलिन र सलोनसंगै हल भिजिटमा दर्शकको प्रतिक्रिया लिन डेब्यु गर्ल मलिका महत , रेअर राई , प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, निर्देशक सम्राट शाक्य, निर्माता सुशील पोखरेल, कार्यकारी निर्माता सर्जुमान लिगल , प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ र वितरक गोपालकाजी कायस्थ पुगेका थिए । वितरक गोपालकाजि कायस्थले सलिनको क्रेज हलमा देखिएको बताए ।

रिलिजकै दिन शुक्रबार आयोजित विशेष शो मार्फत सेलिब्रेटीको मन जित्न सफल भएको फिल्मलाई दर्शकले पनि ’उत्कृष्ट’ भनेका निर्माता केशब भट्टराईले बताएका छन् ।

फिल्ममा भ्लगको माध्यमले ल्याउन सक्ने परिवर्तन र गर्न सकिने सकारात्मक कामलाई देखाइएको छ । फिल्ममा सलिनले पाँच पंक्षी समुह लिड गरेका छन् । फिल्ममा जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ ।