सेमिनारमा रसियन हेयर स्टाई, मेकअप र क्यारेटिन ट्रिटमेन्ट


ब्युटी न्युज नेपाल
काठमाडौं

ब्युटिसियनहरु रिना अवाले, रेणु रानामगर र रचना शाक्यले ललितपुरमा एक दीवसीय ब्युटि सेमिनार आयोजना गरेका छन् । सेमिनारमा नेपालका ब्युटी एक्सपर्टदेखि बिदेशबाट आएका ब्यटी एक्सपर्ट सम्मले प्रशिक्षण दिए ।

बरिष्ट ब्युटिसियन सुमित्रा रञ्जित, सोनी कारञ्जित, सुलोचना श्रेष्ठलगायतले सहभागीलाई शुभकामना दिँदै यस्तो प्रशिक्षण सबैका लागि उपयोगी हुने बताए ।

केही समय यताबाट नेपालमा रसियन हेयर स्टाईलको फेशन चलेको छ । यसलाई महत्व दिँदै रसियन हेयर स्टाईलको सेमिनार गरिएको आयोजक ब्युटिसियन रिना अबालेले बताईन् ।

रसियन कट हेयर स्टाईलमा महिलाहरुको आकर्षण निकै बढेकाले यो प्रशिक्षण आयोजना गरिएको आयोजक रिना अवालेले बताईन् ।

उनको भनाईमा युवा तथा युवतीहरु यो फेशन स्टाईलमा अकर्षित देखिन थालेका छन् । रसियन हेयर स्टाईलमा दक्ष व्युटिसियन पुनम श्रेष्ठले करिब चार सय महिलाहरुलाई रसियन हेयर कटिङ स्टाईल सिकाएकी छिन् । पुनमले रशियन कट हेयर स्टाईलको प्रशिक्षणसँगै ब्राईडल मेकअप र मोडल मेकअप पनि त्यहाँ सहभागी ब्युटिसियनहरुलाई सिकाईन् ।

सोही सेमिनारमा जिके हेयर स्टाईल मुम्बईका हेयर टेक्निसियन आदित्य चौधरीले कपालमा केराटिन ट्रिटमेन्टबारे प्रशिक्षण दिए ।