ओम शान्ति ब्युटी पार्लरद्धारा व्युटिसियन तथा पत्रकार सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं २० फागुन

ओम शान्ति व्युटी क्लिनिक एन्ड ट्रेनिङ सेन्टर इताछें र सल्लाघारी भक्तपुरले विभिन्न पेशामा योगदान पुर्याउने फरक विधाका विभन्नि व्यक्तिहरुलाई योगदान सम्मानबाट सम्मानित गरेको छ ।

भक्तपुरमा आयोतिज ओम शान्ति ब्युटी क्लिनिकको १५ औं वार्षिक उत्सबमा सम्मान तथा, विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा व्युटिसियन, पत्रकार, समाजसेवी, व्यापारी, उधोगीलगायतलाई सम्मान गरियो ।

सो कार्यक्रममा अग्रज व्युटिसियन रश्मिला श्रेष्ठ, रेणु श्रेष्ठ, रिना अवाले, सरिता गौतमल लेखिका लक्ष्मीलोचन बैधलाई सम्मान गरियो । यस्तै सोही कार्यक्रममा पत्रकार पुष्करराज बुढाथोकी, सञ्चारकर्मी हरेराम पौडेल, समाजसेवी सरु बानियाँ, उधमी सुरज सुवाल, विकाश दुवाल, घरेलु तथा साना उधोग संघ भक्तपुरका अध्यक्ष बीरेन्द्र जती, एनबिटिसीका रुपक शर्मा पोखरेल, काजल क्रियसनकी फेशन डिजाईनर काजल शर्मा, फोटोपत्रकार लक्ष्मण महर्जनलाई, सामाजिक अभियान्ता इश्वर दाहाललाई, मेकअप म्यान राज पाण्डेलाई सम्मानित गरियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति भक्तपुरका सभापति नवराज गेलालले ओम शान्ति ब्युटी क्लिनिकका तर्फबाट सो सम्मान प्रदान गरे । आ आफ्नो क्षेत्रबाट लामो समयदेखि योगदान पु¥याएका कारण उनीहरुलाई सम्मानित गरिएको आयोजक संस्थाकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन मेनुका सिवाकोटीले बताईन् ।

कार्यक्रममा बरिष्ट व्युटिसियन राज्यश्री श्रेष्ठ, सोनी कारञ्जित, अनिता खड्का रायमाझी, शुलोचना श्रेष्ठलगायतले सो सम्मान प्रदान गरेका थिए । ओम शान्ति व्युटी क्लिनिक एन्ड ट्रेनिङ सेन्टर इताछेंबाट बेसिक, एड्भान्स, डिप्लोमा कोर्ष उतिर्ण गर्ने तथा सिटिइभिटीबाट लेबल वान र लेवल टु उतिर्ण गर्ने करिब एक सय जना विधार्थीलाई पनि सोही कार्यक्रममा अतिथिहरुबाट प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा ओम शान्तिका विधार्थीहरुले फेशन शो पनि गरेका थिए ।