रोज ब्युटिपार्लरका १५० विधार्थीलाई सर्टिफिकेट


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ फागुन

काठमाडौंको रबी भवन स्थित रोज सिप विकाश तालिम केन्द्र तथा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका १५० जना विधार्थीले प्रशिक्षणसम्पन्नको प्रमाणपत्र यसै साता पाएका छन् ।

रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट ब्युटी पालर प्रशिक्षणमा बेसिक देखि डिप्लोमासम्म उतिर्णसँगै सिटिईभिटीबाट लेबल वान र लेबल टु पुरा गरेका ब्युटिसियनहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

यस्तै रोज सिप विकाश तालिम केन्दबाट सिलाई बुनाई, फेशन डिजाईन, होजियारी प्रशिक्षण, चप्पल निर्माण प्रशिक्षण, चुरा निर्माण प्रशिक्षण, फुलदानी तथा उपहारका सामग्री निर्माण प्रशिक्षण, मोवाईल रिपेयरिङ प्रशिक्षण तथा विविध विषयमा तालिम सम्पन्न गरेकाहरुलाई पनि कार्यक्रममा रोज सिप बिकाशसँगै घरेलु तथा साना उधोगका तर्फबाट प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा विभिन्न पेशामा योगदान पुर्याएका चार जनालाई सम्मानित गरिएको थियो । आ आफ्नो क्षेत्रमा यी चार व्यक्तिहरुको उल्लेखनीय योगदान रहेकाले चारै जनालाई सम्मानित गरिएको रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष बरिष्ट ब्युटिसियन सोनी कारञ्जिले बताईन् । आफ्नो ट्रेनिङ सेन्टरले सँधै दक्ष जनशक्ति उत्पादन गर्दै आएको उनले प्रकाश पारिन् ।

कलाकार तथा मोडल शिलास्मा हमाल मल्ल, रस्मिलाज फेसियल हाउसका प्रबन्ध निर्देशक तथा कस्मेटिक व्यवसायी प्रकाशकुमार श्रेष्ठ, नेचर इसेन्स तथा जोय पपैया कस्मेटिकका कन्ट्री डिस्ट्रिब्युटर विश्व केसी र सशस्त्र प्रहरी बल महिला परिवारकी सहकोषाध्यक्ष तथा समाजसेवी लक्ष्मी पोखरेललाई सम्मानित गरियो ।

सिटिईभिटीका उपाध्यक्ष कुलबहादुर बस्नेत, घरेलु तथा साना उद्योग त्रिपुरेश्वरका प्रमुख रामचन्द्र अधिकारी, नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष रञ्जित पौडेललगायतले सम्मानित व्यक्तिहरूको योगदानको चर्चा गर्दै ब्युटिसियन पेसाको महत्वबारे चर्चा गरे । गायक आनन्द कार्की र गायिका जुनु रिजालले भरे आउँछु सपनीमा‘, बनमा फुल्यो फूल‘लगायतका चर्चित गीत गाएर कार्यक्रमलाई संगीतमय तुल्याए ।

रोज व्युटी पार्लरका विधार्थीहरुले कार्यक्रममा नृत्य तथा फेशन सो प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिनेता शुशिल सिटौला, अभिनेत्री सुपुष्पा भट्ट, चलचित्र रणबीरका निर्माता गोमा बिष्ट थापा, दीपेन्द्र रेग्मीजस्ता सेलिब्रेटी पनि अतिथि थिए ।

यस्तै बरिष्ट व्युटिसियन राजश्री श्रेष्ठ, अग्रज व्युटिसियन अनिता खड्का, सुलोचना श्रेष्ठ, रिना अवाले, रस्मिला श्रेष्ठ, रुस्का श्रेष्ठ, रेणु श्रेष्ठ, मेनुका सिवाकोटी, रिना शाक्य, अतिथि थिए ।

यस्तै, नेचर इसेन्सको कन्ट्री म्यानेजर रमेश उप्रेती, कालाकोलाका निर्देशक निर्माण पौडेल, फेसन डिजाईनर काजल शर्मा, गीतकार रोशन भट्टराई लगायत विभिन्न कस्मेटिक कम्पन्नीको म्यानेजरहरु अतिथि थिए । गायिका बिष्णु पोखरेलले कार्यक्रमलाई गायन शैलीमा सञ्चालन गर्दै सो समारोहलाई मनोरम तुल्याईन् ।

तस्बिर ः लक्ष्मण महर्जन

हेर्नुस भिडियोमा फेशन शो र सर्टिफिकेट हस्तान्तरण