रोज सिप विकाश तालिम केन्द्रबाट चार समाजसेवी सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ फागुन

काठमाडौंको रविभवन स्थित रोज सिप बिकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङल सेन्टरले विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका चार व्यक्तिलाई शनिबार काठमाडौंमा एक समारोहबीच विशिष्ट योगदान सम्मानबाट सम्मानित गरेको छ । सो तालिम केन्द्रका विधार्थीहरुलाई प्रशिक्षण सम्पन्न गरेको प्रमाणपत्र प्रदान समारोहमा चार जना व्यक्तित्वलाई सम्मानित गरिएको हो ।

सामाजिक सेवामा निरन्तर योगदान पुर्याएको भन्दै समाजसेवी, कस्मेटिक व्यबसायिक तथा रश्मिलाज फेसियल हाउसका प्रबन्धक प्रकाश कुमार श्रेष्ठलाई कार्यक्रममा सामाजिक सेवा योगदान सम्मानबाट सम्मानित गरियो । काठमाडौं र पोखरामा समेत सञ्चालित रश्मिलाज फेसियल हाउसका प्रबन्धक प्रकाश कुमार श्रेष्ठ बिगत दुई दशकदेखि सामाजिक सेवामा क्रियाशिल छन् ।

प्राविधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद (सिटिईभिटी)का उपाध्यक्ष कुल बहादुर बस्नेतले रोज सिप बिकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङल सेन्टरका तर्फबाट प्रकाश कुमार श्रेष्ठासहित चार व्यक्तिलाई सामाजिक योगदान सम्मान प्रदान गरेका हुन् ।

यस्तै कस्मेटिक व्यबसायमा लामो समयदेखि योगदान पुर्याएको र सामाजिक सेवामा उत्तिकै सक्रिय नेचर इसेन्स तथा जोय पपैयाका नेपाल आयातकर्ता विश्व केसीलाई पनि आफ्नो क्षेत्रमा उल्लेख्य योगदान स्वरुप कार्यक्रममा सम्मानित गरियो । समाजसेवी केसी नेपालमा नेचर इसेन्स, कलर इसेन्स र जोय पपैया कस्मेटिकका मुख्य आयातकर्ता तथा वितरक हुन् ।

शसस्त्र प्रहरी बल महिला परिवारकी सह कोषाध्यक्ष तथा समाजसेवी लक्ष्मी पोखरेलले आफ्नो पेशासँगै सामाजिक सेवामा पुर्याएको योगदानको कदरस्वरुप कार्यक्रममा उनलाई पनि सम्मानित गरियो । उनी दुई दशकदेखि सामाजिक सेवामा सक्रिय छिन् । यस्तै समाजसेवी तथा शसस्त्र प्रहरी बल महिला परिवारकी केन्द्रिय सदस्य शिलास्मा हमाल मल्ललाई पनि सोही कार्यक्रममा सम्मानित गरियो । म्युजिक भिडियो, फेशन तथा र्याम्पमा शिलास्माले बिगत एक दशकभन्दा लामो समयदेखि मोडलिङ गर्दै आएकी छिन् ।

यी चारै जना समाजसेवी व्यक्तिहरुलाई रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन र सिटिईभिटीका उपाध्यक्ष कुल बहादुर बस्नेतले सँयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा रोज सिप विकाश तालिम केन्द्रबाट विभिन्न सिप प्रशिक्षण पुरा गरेका १५० जनालाई प्रमाणपत्र प्रदान गरियो । रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट आफ्नो प्रशिक्षण पुरा गरेको विधार्थीहरुलाई शैक्षिक योग्यताका प्रमाणपत्र प्रदान समारोहमा हरेक वर्ष यसरी समाजसेवी तथा सौन्दर्य ब्यबसायीहरुलाई सम्मान गरिँदै आएको यस संस्थाकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारञ्जितले बताईन् ।

कार्यक्रममा सिटिईभिटीका उपाध्यक्ष कुलबहादुर बस्नेतले सम्मानित व्यक्तिहरुलाई बधाई ज्ञापन गर्दै रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङले विभिन्न व्यक्तिहरुलाई विविध प्रशिक्षण दिएर अत्म निर्भर बनाउँदै आएको बताए ।