मल पुगेर प्रेम खोज्दै द ब्रेक अप टिम


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ फागुन

चलचित्र ‘दि ब्रेकअप’ १७ फागुनबाट रिलिज हुने भएको छ । २७ पुषबाट १७ मा रिलिज मिति सारेपछि केही समय सुस्ताएको निर्माण टिम अहिले प्रचार प्रसारमा जागेकोे छ ।
यसै क्रममा यो टिमले प्रेम दिवसको अबसर पारेर बिहिबार काठमाडौंका विभिन्न ठाउँमा दर्शकसँग माया साट्यो ।

सोही क्रममा चलचित्रका मुख्य अभिनेता आशिरमान देशराज जोशी, अभिनेत्री शिल्पा मास्के, इच्छा कार्की र अभिनेता रेमनदास श्रेष्ठ सुन्धारा स्थित सिभिल मल पुग्दा उनलाई पर्खेर बसेका फ्यानहरुले घेरे । सेल्फी लिए । प्रिय कलाकारसँग दर्शक र प्रसँसकले मायाँ साटे ।

अभिनेता आशिरमान प्रणयदिवसलाई लक्षित गरेर रातो ज्याकेटमा प्रेमिल मुद्रामा त्यहाँ पुग्दा युवतीहरुबाट आई लभ यु भनेको पनि सुन्न पाईयो । यस्तोबेला उनी मुसुक्क हाँस्थे ।

निर्देशक हेमराज बिसी सहितको टिमले सिभिल मलमा आयोजित प्रेममय उल्लासमा द ब्रेकअपको बारेमा जानकारी गराए । कार्यक्रममा दर्शकले ‘जय ब्रेकअप’को हुटिङ गर्दा कलाकारले ताली बजाए ।

रुपक थापा, रेनु राणा, दीपक खतिवडाको निर्माणमा बनेको फिल्मको ट्रेलरले चर्चा बढाउँदैछ । पछिल्लो क्रममा युवापुस्ताले अत्याधिक प्रयोग गर्ने सामाजिक सञ्जाल टिक टकमा पनि यो फिल्मको ट्रेलरमा समावेश सम्बाद हिट लिस्टमा रहेको निर्देशक बिसीले जानकारी गराए ।