रुचाईदै समर लभ


ब्युटी न्युज नेपाल
काठमाडौं २६ माघ

चलचित्र ‘समर लभ’ यहि २५ माघबाट मुलुकका आठ दर्जन सिनेमा हलमा रिलिज भएको छ । फिल्मको शुक्रबार प्रेस शो गरियो । सञ्चारकर्मीबाट यो फिल्मले सकरात्मक प्रतिक्रिया पायो ।

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित यो फिल्मको शुक्रबार नै चितवनमा विशेष प्रदर्शन गरियो । त्यहाँ पनि दर्शकले फिल्म रुचाए । शुक्रबार दिनभर पानी परेकाले काठमाडौंमा फिल्मको व्यापारमा केही प्रभाव परे पनि शनिबारबाट मौसम खुलेपछि फिल्मको व्यापारमा सुधार आएको निर्माण पक्षले जनाएको छ ।

‘समर लभ’लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन रहेको यो फिल्ममा आशिष पिया, रेवती क्षत्री, सुरज सिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओमप्रतिक लगायतको अभिनय छ । ‘समर लभ’को पटकथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् ।

खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । एकराज तामाङ लाइन प्रोड्यूसर रहँदा सह( निर्मातामा सोपन सरकार र मनोज बिक छन् ।