पुजा शर्मा सबै भन्दा महँगी अभिनेत्री !


व्युटी न्युज नेपाल
काठमाडौं २६ कात्तिक

अभिनेत्री पूजा शर्मा नेपाली चलचित्रबृत्तमा सबैभन्दा बढी पारिश्रमिक लिने नायिकाको रुपमा यतीबेला चर्चामा छिन् । उनी सोमबार नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा अनुबन्धित भएपछी सबैभन्दा महँगी नायिका कहलिएकी हुन् ।

तर यो फिल्मकी निर्माता उनी हैनन् । बरु यो फिल्मलाई उनकै प्रिय निर्देशक सुदर्शन थापाले निर्देशन गर्दैछन् । सुदर्शन पनि निर्माता होईनन् ।

ए.वि प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुँदैछ । अमित कुमार बस्नेत र अजित कुमार थापाले यो फिल्म बनाउँदै छन् । यी दुई निर्माताले यो चलचित्रमा पुजालाई १५लाखमा अनुबन्धित गरेको सम्झौता पत्र सार्वजनिक गरेका छन् । तर यो खबर फिल्म समीक्षकहरुका लागि पत्यारिलो हुन सकेको छैन ।

यदी १५ लाख नै हो भने पुजा यतीबेला नेपाली सिनेबृत्तकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको रुपमा चिनिने भएकी छिन् । यद्यपि निर्माता र अभिनेत्रीबीच भएको कागजी सम्झौतामा यो रकम उल्लेख गरिएकाले अहिले पत्याउनु पर्ने हुन्छ ।

यो चलचित्रको डेढ महिनापछि छायांकन सुरु हुने छ । जसमा नव–नायक सोनम तोप्देन चयन भईसकेको छन् । अर्कोे नायकको रुपमा अभिनेता आकाश श्रेष्ठलाई राख्ने योजनामा निर्देशक सुदर्शन र अभिनेत्री पुजा रहेका छन् । यदी आकाशको हजुरबुबाको स्वास्थ्य चाँडै राम्रो भयो भने सम्हालिन्छ कहिले मनमा पुजा र आकाशको जोडी फेरी देख्न पाईने छ ।

यसअघि सुदर्शनले निर्देशन गरेको चलचित्र राम कहानीमा पूजा र आकाशले अभिनय गरेका थिए । गत भाद्रमा रिलिज भएको यो चलचित्रले राम्रो व्यापार गरेको थियो ।