देउसीमा आकाश, आश्मा र शिषिरको मस्ती


व्युटी न्युज नेपाल
कार्तिक, २४ कात्तिक

शुक्रबारबाट तिहार सकिएको छ । यसपटक तिहारमा कलाकार देखि फिल्म युनिटसम्मले देउसी खेलेर रमाईलोसँग तिहार मनाए । यसै क्रममा ७ मंसिरबाट रिलिजमा आउने चलचित्र ड्रिम गर्लको युनीटले तिहारको उपलक्ष्यमा लक्ष्मीपूजाको दिन बसुन्धरास्थित साझा चुलोमा देउसी भैलो कार्यक्रम आयोजना गर्यो ।

देउसी भैलोमा ड्रिम गर्लकी शीर्ष अभिनेत्री आश्मा गिरी, अभिनेता आकाश श्रेष्ठ, पूजा पराजुली, शिसिर भण्डारीका साथमा फिल्ममा निर्देशक ऋषिराज आचार्य र सहनिर्माता रामेश्वर धिताललगायतले भैलो खेलेका थिए । कार्यक्रममा अभिनेता आकाश र शिषिरले देउसीरे भट्याएका थिए भने उनीहरुलाई निर्देशक आचार्य, निर्माता धिताल, अभिनेत्री आश्मा, पूजा पराजुलीलगायत उपस्थित सर्वसाधरण र भैली टोलीले साथ दिएका थिए ।

देउसिरेका साथै आकाश, शिषिर, आश्मा र पूजाले ड्रिम गर्लको फूल टिपेर चढाए मैले बोलको गीतमा नृत्य गरेका थिए । निर्देशक आचार्यले कलासंस्कृति र परम्पराको निरन्तरता स्वरुप देउसी भैलो कार्यक्रम आयोजना गरिएको बताए । उनले फिल्मको प्रचारप्रशारमा पनि देउसी भैलो कार्यक्रमले सघाउने बताए ।

निर्देशक आचार्य आफैले लेखेको फिल्मको निर्मातामा अर्जुन शर्मा छन् । नवीन निरौलाले सम्पादन गरेको फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत छ । डिसिएनले बितरण गर्ने फिल्म आरबि मुभीजले दक्षिण भारतीय कम्पनी रिल एण्ड रियल सिनेमासंगको सहकार्यमा निर्माण गरेको हो । यो चलचित्रमा आकाश, आश्मा, शिषिर र पूजाका साथमा विल्सन बिक्रम राई, रश्मी भट्ट, अर्जुन श्रेष्ठ,लक्ष्मी गिरीलगायतका कलाकारले अभिनय गरेका छन् ।