शिव परियारको गीतमा आँचल र भिमफेदी गाईज


व्युटी न्युज नेपाल
काठमाडौं १४ कात्तिक

गायक शिव परियारको स्वरमा रहेको गीत भेट भयो सोल्टिनीसंग…को भिडियो रिलिज गरिएको छ । नारायण कडेँलको शब्द तथा रमेश कायस्थको संगीतमा रहेको गीतको भिडियोमा डान्स ग्रुप भिमफेदी गाइजको नृत्य रहेको छ ।

भिडियोमा भिमफेदी गाइजसंगै अभिनेत्री आँचल शर्मालाई देख्न पाईन्छ । भिडियोमा भिमफेदी गाइज र आँचल शर्माको रमाईलो नृत्य रहेको छ । उनीहरु पाश्चात्य भेषभुषामा उत्रिएका छन् ।

भिमफेदी गाइजकै कोरियोग्राफी रहेको यो भिडियोको निर्देशन निर्मल लामाले गरेका हुन् । भिडियोका छायाँकारमा ज्ञानेन्द्र शर्मा, सम्पादनमा पवन सुस्लिङ छन् ।