व्युटी न्युज नेपाल
काठमाडौं ७ कात्तिक

नेपाली चलचित्रको प्रचार र प्रवर्धनको लागि कभर गीत गायन प्रतियोगिताको लहर नै चलेको छ । यतीबेला छक्का पञ्जा ३, जय भोले जस्ता सफल चलचित्रले राम्रो व्यापार गरको बेला १६ कात्तिकबाट हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ लाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्दैछ । त्यही मितिबाट दुई नयाँ नेपाली फिल्म चँगा चेट र मालिका पनि रिलिज हुँदैछ ।

दशैंमा रिलिज दुई नेपाली फिल्मले राम्रो बजार लिएको बेला र थप नयाँ प्रभावशाली नेपाली चलचित्र रिलिज हुने भएपछि हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ को व्यापारमा प्रभाव पर्ने पक्का छ ।

महँगो रकम तिरेर यो फिल्म नेपालका लागि किनेको एप्पल इन्टरट्रेनमेन्टले अहिले चलेको नेपाली सिनेमालाई छायाँमा पार्दै हलिउड सिनेमाको बजार नेपालमा प्रभावशाली तुल्याउँदै यहाँ हलिउडको फिल्मको दवदवा बढाउन हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ कभर गीत प्रतियोगिता नेपाली दर्शकमाझ गर्न लागेको छ ।

जबकी अरु देशमा कतै पनि यो फिल्मको प्रचारका लागि यसरी कभर गीत गायन प्रतियोगिता भएको छैन । यस्तो प्रतियोगिताका विजेताले काठमाडौंका विभिन्न रेष्टुरेन्टमा गीत गाउन पाउने अबसर दिने पनि यो हलिउड फिल्मको वितरक कम्पनी एप्पलले घोषणा गरेको छ ।

नेपालमा हलिउडको फिल्म ल्याएर वितरण गर्ने र हलिउडको फिल्मको दबदब नेपालमा बढाउने एप्पलले नेपाली चलचित्रको बजार बढी रहेको यो चाडको बेला यसलाई धरासाही पार्दै नेपालमा हलिउडको फिल्म बजार बढाउन कही नभएको जात्रा हाँडिगाउँमा भने जस्तै यस्तो प्रतियोगिता आयोजना गर्न लागेको नेपाली चलचित्रका निर्माताहरुको भनाई छ ।