अनमोललाई याे वर्ष चार फिल्मको छायाँकन सक्न दवाव


व्युटी न्युज नेपाल
काठमाडौं ३१ असोज

वर्षमा एउटा मात्र फिल्म खेल्ने युवा अभिनेता अनमोल केसी पनि अन्य अभिनेता जस्तै वर्षमा चार ओटा सिनेमा दर्शकलाई दिने तयारीमा छन् । वर्षमा चार वा सो भन्दा बढी सिनेमा दिएकै कारण अरु अभिनेताहरुको सिनेमामा आजकाल दर्शकको खडेरी पर्न थालेको छ ।

अभिनेता अनमोलले पनि यो वर्ष यस्तै जोखिम मोलेको छन् । उनले आफ्नो गृह व्यानरमा निर्माण भएको फिल्म क्याप्टेनको छायाँकन नसक्दै झरना थापाको फिल्म ए मेरो हजुर ३ को छायाँकन सुरु गरे । यो वर्षमा उनको यो दुई ओटा फिल्म मात्र हैन । अरु दुई ओटा फिल्म पनि उनले गर्नु पर्ने भएको छ । जसका कारण उनलाई समयमै सुटिङ सक्नु पर्ने दवाव बढ्दो छ ।

असोजबाट सुरु भएको ए मेरो हजुर ३ को छायाँकन सकेपछि अनमोलले मँसिरबाट मिलन चाम्सको नयाँ फिल्म व्याचरल बन्टीको छायाँकन सुरु गर्नु पर्ने छ । मिलनले यो फिल्मको लागि उनले कलाकारको समेत चयन गरिसकेका छन् । तर यतीबेला अनमोल ए मेरो हजुर ३ मा व्यस्त भएपछि मंसिरबाट आफ्नो फिल्म कसरी छायाँकन सुरु गर्ने भन्ने तनावमा छन् ।

यस्तै आगामी फागुनबाट छायाँकन सुरु गर्न अनमोल यस अघि नै हिन्दीमा अनुबन्धित भईसकेका छन् । वल्र्ड वाईड रेकर्डले निर्माण गर्ने यो फिल्मको विभिन्न कलाकार चयनको क्रम जारी छ । आगामी माघसम्म पूर्व तयारी सकेर फागुनबाट फिल्मको छायाँकन सुरु गरिने भएको छ । यसरी एकै वर्षमा अनमोलले चार ओटा फिल्मको छायाँकन सक्नु पर्ने भएको छ ।