ट्रेलरमा रुचाईँदै चँगा चेट


व्युटी न्युज नेपाल
काठमाडौं, २२ असोज

आगामी १६ कात्तिकमा देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘चँगा चेट’का आईतबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको थियो ।

यो ट्रेलरलाई दर्शकले रुचाएका छन् । ट्रेल रिलिज भएको २४ घन्टा नबित्दै यसलाई युट्युवमा २ लाख ६५ हजार पटक हेरिसकिएको छ ।

सँगै बस्ने तीन बेरोजगार युवाहरुले रोजगारी खोज्ने सिलसिलमा भोग्नु परेको समस्यालाई ट्रेलरमा देखाईएको छ । ट्रेलर अनुसार हाँसो, रोदन, द्वन्द्व, रोमान्स, वियोगजस्ता सबै पक्ष यो फिल्ममा समेटिएको छ ।
यसका निर्देशक दीपेन्द्र के खनालले बिगतका सिनेमा भन्दा केही पर रहेर यसपटक पूर्ण मनोरञ्जन प्रधान चलचित्र बनाएको बताएका छन् ।

निर्माता माधव वाग्लेले पनि लुट जस्तो देखिए पनि लुट सृँखला भन्दा चँगा चेट फरक एवम् मनोरञ्जन प्रधान सिनेमा बनेको छ भने । दर्शकलाई मन पर्ने स्वादको सिनेमा आफुले तिहारको अबसरमा ल्याउन लागेको पनि उनले बताए ।

यो चलचित्रमा आयुश्मान देशराज जोशी, प्रियँका कार्की, संदीप क्षत्री, रविन्द्र झा, पारमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, ऋचा शर्मा, अर्पण थापा, ज्याक श्रेष्ठसहितको अभिनय छ । फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन्