दीपाश्री र रश्मिलाले गरे हिरण्य ज्वेलर्सको उद्घाटन


व्युटी न्युज नेपाल
काठमाडौं २१ असोज

नजिकिँदै गरेको मुख्य चाड दशैं, तिहारलाई लक्षित गरेर गहनाका पारखीहरुका लागि काठमाडौंको शंखमुलमा व्यवसायी बसन्ती अधिकारीले हिरण्य ज्वेलर्स सुरु गरेकी छिन् ।

यो ज्वेलर स्टोरको अभिनेत्री एवम् छक्का पञ्जा सृँखलाकी निर्देशक दिपा श्री निरौला र अग्रज व्युटिसियन तथा रेश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले संयुक्त उद्घाटन गरेका छन् । यी दुईले हिरण्य ज्वेलर्सको रिबन काटेर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै अभिनेत्री एवम् निर्देशक दीपाश्रीले नयाँ नयाँ डिजाईनको गहनाको फसन रुचाउनेकालागि हिरण्य जेवर्स अकर्षक केन्द्र बन्ने विश्वास व्यक्त गर्दै सफलताको कामना गरिन् ।

ब्यबसायी बसन्ती अधिकारीले आउदै गरेको नेपालिहरुको मुख्य चाड दशैँ तथा तिहारलाई लक्षित गरेर हिरण्य ज्वेलर्स शुभारम्भ गरेको बताईन् । अहिले उत्कृष्ट डिजाइनहरु ल्याईएको र दशैं तिहारमा सुपथ मुल्यसँगै छुट र उपहारको व्यबस्था समेत गरेको बताईन् । ग्राहकहरुलाई शुद्ध सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाइनका गहनाहरु दिने पनि उनले बताईन् । उद्घाटन समारोहमा युवा व्यवसायी प्रकाश कुमार श्रेष्ठ, बबिता रोक्का लगायत विभिन्न अतिथिहरु थिए ।