व्युटी न्युज नेपाल

काठमाडाैं १४ असाेज

अभिनेत्री एवम् मोडेल क्षितिजा शाक्यले काठमाडाैंकाे काठमाडाैं मल स्थित चाैथाे तथामा नयाँ बुटिक शुभारम्भ गरेकी छिन्  |

विगत एक दशक देखि बुटिक व्यवसाय गर्दैआएकी क्षितिजाले यसअघि न्यूरोडमा बुटिक सञ्चालन गर्दै अाएकी थिइन् । शनिबारदेखि काठमाडौं मलमा क्षितिजा अपेरल बुटिकको नामबाट नयाँ बुटिक शुरु गरेकी हुन् । याे नयाँ बुटिकको सदावहार नायिका करिश्मा मानन्धरले उद्घाटन गरेकी हुन् |

नायिका मानन्धरका साथमा नेपालको पहिलो रंगीन चलचित्र कुमारीकी नायिका चैत्येदवी सिंहहाँस्य अभिनेत्री बसुन्धरा भुसाल लगायतको विशेष आतिथ्यतामा नायिका शाक्यको बुटिक उदघाटन भएको हो। 

क्षितिजाले प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई कार्यक्रममा स्वागत गरेकी थिइन्, । उनका अनुसार उक्त बुटिकमा खासगरी बनारसी साडी, शत प्रतिशत पस्मिनाको सलसिफनको साडीझुम्काफेसनेबल जुत्तालगायतका सामानहरु पाइन्छ |आफ्नो ब्यापारलाई अझै बृहत रुपमा लैजानको लागि क्षितिजाले  काठमाण्डौ मलमा बुटिक खोलेको बताइन |

प्रस्तुती : जयन सुब्बा मानन्धर