जयन सुब्बा मानन्धर पुरस्कृत


व्युटी न्युज नेपाल

काठमाडौं २७ भाद्र

व्युटी न्युज नेपालकी पत्रकार जयन सुब्बा मानन्धर पुरस्कृत भएकी छिन् । छायाँछवि क्रियसन प्रा.लि.ले तीज म्युजिक अवार्ड समारोहमा काठमाडौंमा उनलाई पुरस्कृत गरेको हो ।

उनलाई ‘छायाँछवि नारी रँग पत्रकारिता पुरस्कार–२०७५’बाट पुरस्कृत गरिएको हो । बिगत दुई दशक भन्दा लामो समयदेखि कला पत्रकारिता गर्दै आएको भन्दै उनलाई पुरस्कृत गरिएको छायाँछवि क्रियनसका अध्यक्ष शान्तिप्रियले बताए ।

यो पुरस्कारले आफुलाई पत्रकारितामा अझ उर्जा मिल्ने विश्वास लिएको जयनले बताएकी छिन् । छायाँछवि तीज म्युजिक अवार्डमा जयनलाई पुरस्कृतसँगै विभिन्न ३१ विधामा तीज अवार्ड प्रदान गरिएको थियो ।