२१ मँसिरमा आउँदै प्रसाद, जुध्दै टोटल धमाल


व्युटी न्युज नेपाल
काठमाडौं, २८ साउन

चलचित्र प्रसाद आगामी २१ मँसिरबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । यो मितिमा निर्माता निर्देशक भुवन केसीले चलचित्र क्याप्टेन रिलिज गर्ने चर्चा गरे पनि उनले यो मिति लक गरिसकेका थिएनन् । यसैबीच निर्माता सुवास थापाले २१ मँसिरलाई प्रसाद रिलिज मितिको रुपमा रोजेका हुन् ।

त्यसो त २१ मँसिरमै बलिउडको हास्य सृँखला अन्तर्गतको सिनेमा ‘टोटल’ धमाल आउँदैछ । अब टोटल धमाल र प्रसादबीच यो मितिमा प्रतिस्पर्धा हुनेछ ।

यसैबीच चलचित्र ‘प्रसाद’को छायाँकन पुरा गरिएको छ । राजधानीमा एक समारोहबीच यो चलचित्रको छायाँकन सकिएको घोषणा सहित इन्ड क्लाप गरियो ।

चलचित्रको इन्ड क्लाप सहित प्रदर्शन मिति पनि घोषणा गरिएको हो । यो फिल्मको दिनेश राउतले निर्देशन गरेका हुन् । निर्देशक राउतको अनुसार यो चलचित्र सन्तानका लागि दम्पत्तिले गर्ने संघर्षमा आधारित छ । सामाजिक कथामा चलचित्र तयार गरेको पनि उनले बताए ।

प्रसादमा बिपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बासुन्धरा भुषालसहितका कलाकारको अभिनय रहेको छ ।
राजेश श्रेष्ठले खिचेको यो चलचित्रको स्क्रिप्ट पत्रकार शुशिल पौडेलले लेखेका हुन् । चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् ।