कायराको सुखद सुरुवात


व्युटी न्युज नेपाल
काठमाडौं १८ साउन

शुक्रबारबाट मुलुकका ७ दर्जन सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ले सुखद परिणाम पाएको छ । लक्ष्मण रिजाल निर्देशित चलचित्र कायराले शुक्रबार दिउँसोबाट राम्रो दर्शक पाएको छ ।

तीन महिना देखि नेपाली चलचित्र राम्ररी नचलेको बेला कायराले दर्शकको न्यानो साथले अरु चलचित्रकर्मी पनि यतीबेला खुसी भएका छन् । काठमाडौंका मल्टिप्लेक्समा दर्शकको उपस्थित शुक्रबार ८५ प्रतिसत भन्दा माथि देखियो । केही हलमा त यो हाउसफुल पनि भयो । काठमाडौं बाहिरका मल्टिप्लेक्स तथा सिँगल हलमा पनि यसको व्यापार राम्रो भएको समाचार आएको छ ।

शनिबारको लागि कायराले क्युएफएक्समा १२ ओटा शो पाएको छ । केही शोहरु शुक्रबारसाँझनै तिब्रा गतिमा बुकिङ भईरहेका छन् । बिग, एफ क्युव, क्युजलगायतका मल्टिप्लेक्समा पनि शुक्रबार कायरामा राम्रो अक्युपेन्सीरहेको सम्बन्धित हलका शो व्यबस्थापकहरुले बताएका छन् ।

युनिभर्सल सर्टिफिकेट पाएको कायरालाई अभिनेता आर्यन सिग्देलले निर्माण गरेका हुन् । आफ्नो चलचित्र प्रेमकथामा आधारित रहेको आर्यनले बताएका छन् । उनी चलचित्र नोभेम्बर रेन र क्लासिक पछि पुन चलचित्र निर्माणमा कायरामार्फत आएका छन् ।

कायरमामा आर्यनको नायिकामा साम्रज्ञी राज्यलक्ष्मी शाह छिन् । आर्यन र साम्राज्ञीको जोडीलाई अहिले दर्शकले निकै रुचाएका छन् । आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ, रोजेट्टे काय पाब्लो लगायतका कलाकारको यसमा अभिनय छ ।

यो चलचित्रको छायाँकन फिलिपिन्समा गरिएको हो । त्यहाका सुन्दर दृष्यले पनि सिनेमाले मनोरम बनाएको छ । यसलाई आर्यन सहित राजेन्द्र भट्ट, दिनेश थापा र दिवस पराजुलीले निर्माण गरेका हुन् ।
यो चलचित्रमा कोशिष क्षत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठको छायाँकन छ ।

चलचित्रका निर्देशक लक्ष्मण रिजालले कायरा विशुद्ध प्रेमकथामा आधारित भएको र सबैकुरामा सफल तथा प्रेममा असफल एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको व्युटी न्युज नेपाललाई बताएका छन् ।