व्युटी न्युज नेपाल
काठमाडौं १६ साउन

चलचित्र ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा…लाई रिलिज भएको ४८ घन्टामै १२.७० लाख पटक हेरिएको छ । यो गीत प्रदर्शन भएको दोस्रो दिनमा पनि पहिलो नम्बरमै छ ।

हाइलाइटस नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको बोलको गीतमा सम्पूर्ण कलाकार देखिएका छन् । गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । जसमा दीपक शर्माको संगीत, डेविड शंकर र बिन्दु परियारको स्वर रहेको छ ।

यो गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । गीतको सफलता प्रति यसको अभिनेता एवम् निर्माता दीपकराज गिरीले खुसी व्यक्त गरेका छन् । गीतलाई बुस्ट नगरिएको र दर्शकको रोजाईमै दुई दिनमा १२ लाख भन्दा बढी पटक हेरिएको उनले बताए ।

गीतमा सबै कलाकारको नृत्य देख्न पाईन्छ । गीतमा सबै कलाकार सुहाउँदो भएकाले सबैलाई समेटिएको यसकी निर्देशक दीपाश्री निरौलाले जानकारी गराएकी छिन् । गीतमा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङको नृत्य छ ।

यो फिल्मको कार्यकारी निर्मातामा जितु नेपाल, केदार घिमिरे, निर्मातामा सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ छन् । दीपकराज गिरीको कथा रहेको यो चलचित्रमा संवादमा दीपकसँगै केदार घिमिरे, जितु नेपाल, यमन श्रेष्ठरहेको छ । फिल्ममा दीपकसँगै अर्जुन पोखरेलको पनि संगीत रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ ।