सहिमाको नम्बर सुनमा खुश्बु, काजल देखि रश्मीलासम्मको डान्स


व्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

बिगत जस्तै यस पटक पनि गायिका सहिमा श्रेष्ठले नयाँ तिज गीतको भिडियो ल्याएकी छिन् । उनले नयाँ तिज गीत पहिलो पहिला नम्बर सुन…को भिडियो सार्वजनिक गरेकी छिन् ।

भिडियोलाई उनले सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज गरेकीछिन् । मौलिक एवं सांस्कृतिक पर्वको रुपमा परिचित तीजको अवसरमा आफुले यो गीतको भिडियो लीएर आएको उनले बताईन् ।

गीतको भिडियो आकर्षक बनाईको छ । भिडियोको छायांकन वरिष्ठ शिव ढकालले गरेका हुन । सम्पादन विष्णु शर्माको रहेको छ । गीतको कोरीयोग्राफी तथा निर्देशन अभिनेत्री पवित्रा आचार्यले गरेकी हुन् ।

पहिला नम्बर सुन…को भिडियो

आकर्षक भिडियोमा अभिनेत्री खुश्वु खड्का, गायिका सहिमा श्रेष्ठ, बरिष्ट व्युटिसियन रश्मिला श्रेष्ठ, फेशन डिजाईनर कालज शर्मासहितको नृत्य यो गीतमा छ । गीत वीणा म्यूजिकले बजारमा ल्याएको हो ।

गीतमा मौलिक लय–संगीतको साथै मौलीक शब्दहरु प्रयोग गरिएको छ । पत्रकार एवं गीतकार शान्तिप्रियले यो गीत लेखेका हुन् । गीतलाई सन्तोष श्रेष्ठले लय÷संगीत दिएका हुन् । गीतको एरेञ्ज कृष्ण पुनले गरेका हुन् । यो गीत प्रिज्म रेकर्डीङमा रेकर्डीङ गरिएको हो ।